कालिकोट /संविधानसभाबाट संविधान जारी भएको ७ वर्ष पूरा भएको छ । संविधान जारी भएको अवसरमा कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिकामा पनि विविध कार्यक्रम गरि संविधान दिवस मनाईएको हो।
संविधान दिवसका अवसरमा आइतबार नरहरिनाथ गाउँपालिकाले विशेष कार्यक्रमकोे आयोजना गरेर संविधान दिवस मनाएको छ ।
गाउँपालिका अध्यक्ष धीर बहादुर विष्टको अध्यक्षतामा सपन्न भएको कार्यक्रममा अध्यक्ष विष्टले भन्नुभयो “७ वर्षअघि ०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको थियो । यद्यपि,जारी संविधान सर्वस्वीकार्य हुन सकेको छैन”।सुरुदेखि नै संविधान विभेदकारी भएको भन्दै मधेसवादी,आदिवासी जनजाति लगाएत रुष्ट छन् ।तथापी ०७२ असोज ३ को संविधान सम्पूर्ण नेपाली जनातहरुको हितमा संविधान भएको उहाँले बताउनु भएको छ ।संविधान प्राप्तिका लागि विभिन्न आन्दोलमा आफ्नो ज्यानको बलिदान गर्नुहुने सम्पूर्ण शहिदहरु प्रति हार्दिकताका साथ श्रद्धासुमन व्यक्त गर्नूभएको छ ।
संविधान दिवस कार्यक्रमलाई सम्वोधन गर्दै गाउँपालिका उपाध्यक्ष मनशोभा बुढाले केही मधेसवादी दलमा भने विरोधाभाष देखिएका छन् ।संविधानको विरोध गरिरहेका उनीहरू यही संविधान कार्यान्वयनका लागि सरकारमा सहभागी भइरहेका छन् । सरकारले भव्य ढंगले संविधान दिवस मनाएको छ ।
संविधान दिवसको अवसरमा गाउँपालिका अध्यक्ष धिर बहादुर विष्टको अध्यक्षतमा,
गाउँपालिका उपाध्यक्ष मनशोभा बुढाको विशेष आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दुर्गलाल न्यौपाने,लगाएत १ देखि ९ वडाका वडा अध्यक्ष,कार्यपालिका सदस्यहरु,स्थानीय राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, कर्मचारीहरु, विभिनन संघ संस्थाका कर्मचारीहरु,पत्रकार लगाएतको उपस्थित रहेको थियो ।
७ औं संविधान दिवस नरहरिनाथमा पनि मनाईयो
तपाईको प्रतिक्रिया
दियो खबर । ३ आश्विन २०७८, आईतवार १४:३८