दुई श्रीमती हुदाहुदै तेस्रो विवाह गर्ने वडाध्यक्ष सहित सल्यानमा सात कैदीलाई आममाफी

सुर्खेत/घरमा दुई श्रीमती हुदाहुदै तेस्रो विवाह गर्ने एक वडाध्यक्षका श्रीमान –श्रीमती सहित सल्यानबाट सात जना कैदीलाई आम माफी दिइएको छ । संविधान दिवसको अवसरमा असल चालचलन भएका ७ जनालाई कैद सजाय मिनाहा भएको जनाइएको छ ।
संविधानको धारा २७६ अनुसार विभिन्न कारणले कैद भुक्तान गरी रहेका कैदीहरूको चालचलनका आधारमा बाँकी कैद माफी दिने व्यवस्था रहेको छ । कैद मिनाहा हुनेमा ६ पुरुष र १ महिला रहेको जिल्ला कारागार सल्यानले जनाएको छ ।
माफी पाउनेमा बहुविवाहका ५, कर्तव्य ज्यानका १ र हातहतियार मुद्दाका १ रहेको जेलर बल बहादुर केसीले बताए ।

कैद माफी पाउनेमा तीन वटा विवाह गरी कैद भुक्तान गरी रहेका वडाध्यक्ष र उनको कान्छी श्रीमती समेत रहेका छन् । तेस्रो विवाह गर्ने बनगाड कुपिण्डे नगरपालिका –९ का वडाध्यक्ष सहित कान्छी श्रीमती २०७७ मङ्सिर मा पक्राउ परेका थिए ।

घरमा २ जना श्रीमती र दुबै श्रीमती तर्फ ४ जना छोराछोरी हुँदाहुँदै तेस्रो श्रीमती बिहे गरेको भनी स्थानिय ५ जनाले सल्यान प्रहरीमा बहुविवाह गरेको कसुरमा उजुरी दिएको आधारमा जिल्ला अदालत सल्यानबाट पक्राउ अनुमति लिई आरोपीत दुबैजना लाई प्रहरी ले नियन्त्रणमा लिएको थियो।
कुमाईले स्थानिय नोखबहादुर बोहोराकी श्रीमती ग्वाँमीलाई मंसिर १ गते भगाएका थिए । गौरीका ५ छोराछोरी छन भने, कुमाईका पहिलाकै २ श्रीमती बाट चार छोराछोरी छन । गौरी र कुमाइले क्रमशः ४६ र ५२ बर्षका उमेरमा बिहे गरेका हुन । गाउँकि जान्नेमान्ने ठानिने गौरीलाई वडाध्यक्ष्य कुमाइले उपभोक्त समितिमा नछुटाई राख्ने गरेका थिए ।

उनिहरू बिचको अवैध सम्बन्ध स्थानिहरूले पनि गाइगुइ सुन्ने गरेको थिए । कुमाई स्थानीय तहको निर्वाचनमा बनगाड कुपिण्डे वडा-९ बाट तत्कालीन माओवादी बाट निर्वाचित भएका थिए ।यो समाचार नयाँ दृष्टि मा छ

तपाईको प्रतिक्रिया