एमयूको अनलाइन परीक्षा हुँदै (विद्यार्थीहरुले जान्नैपर्ने)

दियो खबर  संवाददाता सुर्खेत ।सुर्खेत मध्यपश्चिमाञ्चल विश्वविद्यालयले अनलाइनको माध्यमबाट सेमेष्टरगत तथा बार्षिक परीक्षा सञ्चालन गर्ने भएको छ । कोभिड–१९ र यसले सिर्जना गरेको विषम परिस्थितीमा बिभिन्न तहको सत्रान्त परीक्षा संचालन गर्नका लागिएको हो ।

‘वैकल्पिक विधिबाट परीक्षा संचालन, व्यवस्थापन र मूल्यांकन प्रणालीसम्बन्धी निर्देशिका–२०७७’ पारीत गरी प्रथम चरणमा वैकल्पिक विधिबाट लिने स्नातक तह सातौं सेमेस्टर र स्नातकोत्तर तह तेस्रो सेमेस्टरको परीक्षा तालिका प्रकाशित गरेको छ ।
प्रथम चरणको परीक्षा असोज १७ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने समय तालिका सार्वजनिक गरिएको छ । महामारीको यस अवस्थामा विद्यार्थीको वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्नका लागि मध्यपश्चिमाञ्चल विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले निर्देशिकामा विद्यार्थीको परीक्षा त्ष्mभ द्ययगलमभम त्बपभ(जयmभ ध्चष्ततभल भ्हबmष्लबतष्यल सञ्चालन गर्ने नीति लिएको छ ।यो समाचार युग आह्वान बाट साभार गरिएको हो ।

तपाईको प्रतिक्रिया