सुर्खेत/सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी र विभूषण ९ सय ३ जनालाई प्रदान गर्ने भएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिसमा ९ सय ३जनालाई मानपदवी,अलंकार र विभूषणबाट सम्मान गरेकी हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रवल जनसेवाश्री पदवीबाट सम्मान गरिने भएको छ। कोभिड-१९ विरुद्ध जनचेतना फैलाउन उल्लेख्य भूमिका खेलेका कालिकोट जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य र
स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटक बहादुर महत प्रवल जनसेवाश्री पदकद्वारा विभूषित गरिनु भएको छ।
हरेक वर्ष संविधान दिवसका दिन ३ असोजमा विभूषण पाउनेहरूको नाम सार्वजनिक गरिँदै आएको छ ।
तुलराज पाण्डे । ३ आश्विन २०७८, आईतवार १३:२९