कर्मचारी संगठनको केन्द्रीय सदस्यमा अधिकारी

सुर्खेत /नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय सदस्यमा दैलेख जिल्ला नारायण नगरपालिका प्रशासन शाखा प्रमुख समेत रहेका जुझारु युवा लोकप्रिय ट्रेड युनियन कर्मि गोविन्द अधिकारी निर्वाचित भएका छन्।शनिबार काठमाडौंमा सम्पन्न भएको केन्द्रीय कमिटीको ८ओैं बैठक तथा राष्ट्रिय भेला बाट दैलेखका अधिकारी निर्विरोध निर्वाचित भएका हुन्।
भेलामा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको केन्द्रीय कमिटी उपाध्यक्ष,महासचिव सहित १०० भन्दा बढी केन्द्रीय सदस्यहरुले नेपाल निजामती कर्मचारी संगठनमा प्रवेश गरेका छन् ।

आज सम्पन्न भएको भेला बाट अध्यक्षमा केदारप्रसाद देवकोटाको नेतृत्वमा २७७ आयोजक कमिटी समेत बनाएको छ।

तपाईको प्रतिक्रिया