सुर्खेत /नेपाल कम्नियुष्ट पार्टी एकीकृत समाजवादिकी चर्चित नेतृ रामकुमारी झाँक्री भोलि जाजरकोट खलंगामा आउदै छिन।जाजरकोटमा हुन लागेको नेकपा एकीकृत समाजवादीको जिल्ला स्तरीय कार्यकर्ता भेलालाइ सम्बोधन गर्न भनी झाँक्री जाजरकोट आउन लागेकी हुन् ।
जनता,राष्ट्र,संविधान र व्यवस्थाको रक्षाका लागि जुनसुकै जोखिम उठाउन पनि पछि नपर्ने झाक्री जाजरकोट आउने भएपछी त्यहाको पार्टीको माहोल नै छुट्टै बनेको नेकपा एस जाजरकोटका नेता प्रदिप खड्काले जानकारी दिए ।
नेकपा एकीकृत समाजवादी पार्टी निर्माण भएको केही समयपछि जाजरकोटमा पहिलो पटक उक्त पार्टीको कार्यकर्ता भेला हुन लागेको हो ।
पार्टी निर्माण प्रक्रियामा महत्त्वपूर्ण भुमिका बहन गर्दै आएकी झाक्री यतिबेला देशको विभिन्न जिल्लामा पार्टीका कामकाजमा दौडधूप गरिरहेको अवस्था छ ।
पुर्व प्रधानमन्त्री केपि शर्मा ओलिले पहिलो पटक संसद विघटन गरेको समय देखि नै आफ्नै पार्टीको अध्यक्ष भएपनी ओलिले असंवैधानिक कदम चालेको भन्दै झाक्रीले कडा रुपमा आलोचना समेत गरेकी थिइन।
विद्यार्थी राजनितीबाटै सबैको आखामा पर्दै आएकी झाक्रीलाई अनेरास्ववियुले सडक बाघको उपनाम समेत दिएको छ ।जुनसुकै विषयमा पनि स्पष्ट सङ्ग बोल्ने र प्रष्ट कदम उठाउने झाक्रीलाइ यतिबेला नेपालको प्रभावशाली महिला नेतृको रुपमा लिइन्छ।
असोज ३ गत्ते अर्थात संविधान दिवसको अवसरमा आयोजना गरिएको भेलालाइ पार्टीका कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वाला,रामकुमारी झाक्री र अम्मर बहादुर थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको खड्काले बताए ।
उक्त भेलाको सबै तयारी पूरा भैसकेको र भेला बाटै जिल्ला कमिटी घोषणा गर्ने तयारी गरिएको खडकाको भनाइ छ ।
दियो खबर । २ आश्विन २०७८, शनिबार १६:२६