महाधिवेशन प्रतिनिधिमा शाहीको उम्मेदवारी घोषणा

सुर्खेत /नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा युवा नेता मनराज शाहीलेले पनि महाधिवेश प्रतिनिधि पदमा उम्मेदवारी दिने भएका छन् ।शेरबहादुर देउवा समूहबाट उनले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिन लागेका हुन् ।‘महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने निश्चित भएको छ।वडा र नगर अधिवेशन सक्काएर जिल्ला फर्किनु भएका शाहीले आफ्नो उम्मेदवारी घोषणा गरेको दियो खबर संग बताए।

१३औँ महाधिवेशनमा पनि देउवा समूहमा रहेका शाही १४औँ महाधिवेशनमा पनि उनैलाई साथ दिने भएका हुन् ।

राजनिती भनेको परिबर्तनको लागि हुनु पर्छ भन्ने मान्यताका साथ म सधैं राजनितमा होमिएको हो। समाजमा भएको नकारात्मक कुरालाई केवल राजनितिले मात्र फेर्ने सक्छ भन्ने लागेर नै राजनतिमा लागेको हो । तर पछिल्लो समय राजनीति लाई मागि खाने भाँडो र फेसनको रुपमा प्रयोग हुन थालेको छ,सुकिला,मुकिला हरुले पाटी भित्र राज गरेको नेता शाहीको आरोप छ।अघिपछि लागेकै कारण पैसाको खोलो बगाउने लाई पद दिने,टिकट दिने प्रबृत्तिको बिरुद्धमा म सधैं रहने छु ।

तपाईको प्रतिक्रिया