सुर्खेत /नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको कर्णाली प्रदेशको प्रथम ऐतिहासिक सम्मेलन असोज ३/४ गते कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्ला विरेन्द्रनगर नगरपालिकाको कवड हलमा हुने भएको छ।उक्त भेलामा कर्णाली प्रदेशका१० वटा जिल्ला बाट माओवादी केन्द्र निकट विद्यार्थी संगठनका प्रतिनिधि सहयोगी रहनेछन् ।उक्त भेलामा सहभागी हुने जिल्लाहरु,जुम्ला,हुम्ला,मुगु डोल्पा,कालिकोट,जाजरकोट,सल्यान,रुकुम पश्चिम,दैलेख,सुर्खेत १० बाट जिल्लाका करिब ४/५सय जना प्रतिनिधि आउने अखिल क्रान्तिकारी केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सह-संयोजक,प्रथम प्रदेश स्तरीय सम्मेलन प्रचारप्रसार विभाग प्रमुख तिर्सना हमालले बताइन् ।उहाँका अनुसार उक्त सम्मेलन लाई अखिल क्रान्तिकारीका केन्द्रीय नेताहरुको उपस्थिति रहने छ।भने प्रमुख अतिथि को हुने भन्ने बारे अहिले नै निधो नभएको पनि बताइन् ।सम्मेलनको तयारी हुदैछ,प्रचारप्रसार टिम निरन्तर लागिरहेको बताइन् ।
अखिल क्रान्तिकारी कर्णाली प्रदेशको प्रथम सम्मेलन असोज ३र४ सुर्खेतमा
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । ३१ भाद्र २०७८, बिहीबार २०:५९