कालिकोटमा१०९८बाल हेल्पलाइन प्रभावकारी बन्दै

कालीकोट/बाल हेल्प लाइन १०९८ को जिल्ला सलाहकार समन्वय समिति कालिकोटका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बालबालीका प्रति संवेदनशील हुन सबै पक्षसंग आग्रह गर्नु भएको छ ।बाल हेल्पलाईन १०९८ कालिकोटको समन्वय समितिले आयोजना गरेको बैठकको सभाअध्यक्षता गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले १०९८ लाई थप प्रभावकारी बनाउन सबैले सहयोग गर्नुपर्ने बताउनु भयो ।उहाँले बालबालिका लाई जोखिममा पर्नबाट जोगाउन बाल हेल्पलाईनले राम्रो भुमिका खेलेको बताउनु भयो ।सामाजिक सेवाकेन्द्र सोसेक नेपाल कालिकोटद्धारा सञ्चालनमा रहेको बाल हेल्पलाईनले गएको चैत्र देखि हाल सम्म १०९८ का माध्यमबाट प्रभावकारी रुपमा काम गरीरहेको बैठकमा सहभागि सरोकारवालाले बताएका छन् । 
बैठकमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य,खाँडाचक्र नगरपालीकाका नगर उप प्रमुख विजया विष्ट,कालिकोट प्रहरी प्रमुख चक्र बहादुर शाह,सोसेक दैलेखका उप कार्यकारी निर्देशक बसन्त श्रेष्ठ लगायत सरोकारवाला तथा १५सदस्य समितिको सहभागिता रहेको हो ।बैठकमा सहभागी सरोकारवालाले १०९८ लाई प्रभावकारी बनाउन प्रचार प्रसार गर्नुपर्नेमा जोड दिएका छन । बाल हेल्पलाईन सुरु भए यता ५ सय बढिले सेवा लिएका छन ।उक्त कार्यक्रम संचालन तथा हेल्प लाइनको बारेमा जानकारी सेल्टर संयोजक संगिता वलीले दियो खबर लाई जानकारी गराइन्।

तपाईको प्रतिक्रिया