आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुर्खेत/अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कालिकोट आयोजना र मानव अधिकार समूह खाँडाचक्र नगरपालिकाको समन्वयमा आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम बुधबार खाँडाचक्र नगरपालिकाको मान्ममा सम्पन्न भएको छ ।
स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही वनाउने परियोजना अन्तरगत आयोजित अन्तरक्रियामा सहभागिले नगरपालिकाभित्रका एक सय घर खरमुक्त भइसकेको र ३ सय घर यसै वर्षभित्र खर मुक्त वनाउनु पर्ने धारणा राखेका छन् । कार्यक्रमा उद्देश्यमाथि प्रस्ट पादैै इन्सेक कालिकोटका कालीबहादुर मल्लले पहिरोका कारण खाँडाचक्र७८ माथिल्लो दलित वस्ती लगाएत धेरै घरहरु जोखिममा रहेकाले समाधानका लागि पहल गर्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा खाडाचक्र नगरपालिका७१ का कौसीला बादीले बादी वस्तीमा सरकाले जनता आवास कार्यक्रम अन्तरगत कम संख्यामा घर वनाएकाले एउटै घरमा पाँच परिवार वस्न बाध्य भएको गुनासो राख्नु भयो । साथै उहाँले बादी समुदायका बालबालिकाहरुको स्कूल पोसाक नभएकाले विद्यालय जानबाट वञ्चित भएको समेते वताउनु भयो ।
मानवअधिकार समूह खाँडाचक्रका सचिव कपुरे विश्वकर्माले कृषि तथा पषु पंक्षी व्यवसाय गर्न चाहाने कृषकहरुले जग्गा नपाएकोप्रति नगरपालिकाको ध्यानाकर्षण गराउनु भयो । साथै धनिहरुको जमिन वाँझै रहेको वताउनु भयो । यो समस्या समाधानका लागि स्थानीय सरकाले पहल गर्नु पर्ने वताउनु भयो ।
कार्यक्रममा खाँडाचक्र नगर प्रमुख जसीप्रसाद पाण्डे, कृषि,पशु सेवा,स्वास्थ्य,शिक्षा शाखाका प्रमुख, भूमि समस्या समाधान आयोगका सदस्य,पत्रकार र मानवअधिकार समूहका सदस्यहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया