जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान

सुर्खेत / स्वास्थ्य सेवा कार्यालय कालिकोटमा अक्सिजन प्लान्ट जडान गरिएको छ ।
केही समय पहिले जडान गरिता पनि बत्तीको अभावले अक्सिजन प्लान्ट सुचारु हुन सकेकाे थिएन ।कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पहलमा युनडिपिकाे सहयाेगमा ६२.५ केबिए काे जेनेरेटर सहयोग पछि मुख्यमन्त्री शाहीले मंगलबार अक्सिजन प्लान्टकाे ओैपचारिक रूपमा उद्धघाटन गर्नु भएको हाे ।
स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य व्यवस्थापक रत्नविर सुनारकाे अध्यक्षता,कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीकाे प्रमुख आतिथ्यता र खाँडाचक्र नगरपालिका नगर-प्रमुख जसि प्रसाद पाण्डे,पचालझरना गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवाल,जनस्वास्थ्य अधिकृत कटक महत,प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायतको सहभागितामा अक्सिजन प्लान्टकाे उद्घाटन गरिएको थियो ।
यस्तै केही समय पहिला जिल्लामा रहेकाे काेभिड विशेष अस्पतालमा पनि अक्सिजन प्लान्ट जडान गरिएको जनस्वास्थ्य सुचना अधिकारी कटक बहादुर महतले जानकारी दिए।

तपाईको प्रतिक्रिया