अखिल क्रान्तिकारी कालिकोटका सचिवालय सदस्यहरुको सामुहिक राजिनामा

सुर्खेत/नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारी कालिकोट जिल्लाका सचिवालय सदस्यहरुले सामुहिक राजिनामा दिएका छन् ।कालिकोट जिल्लामा विगत लामो समय देखि विद्यार्थी राजनीतिमा होमिएका विद्यार्थी नेता हरुले मंगलबार एक कार्यक्रम विच सामुहिक राजिनामा दिएका हुन् ।
 प्रेस विज्ञप्तिमा लेखिएको छ।
प्रस्तुत विषयमा अनेरास्ववियू(क्रान्तिकारी )कालिकोट जिल्ला समितिमा लामो समय देखि क्रियाशील रहि विभिन्न गतिविधिमा प्रत्यक्ष संलग्न भएर संगठनका हरेक गतिविधिमा महत्त्वपूर्ण भुमिका खेल्दै आएको सम्पूर्णमा सर्वविधितै छ।तर पछिल्लो समय संगठन भित्र भैरहेका गतिविधिमा उच्चतम् जनवादको दुरुपयोग गर्दै मनोमानी ढङ्गमा एक-लौटी निर्णयहरुले हामीलाई निरुत्साहित पारेको छ।संगठन भित्र उत्पन्न यस्ता नकारात्मक क्रियाकलापको घोर निन्दा र भत्सर्ना गर्दै हामी तपशिलका कमरेडहरु संगठनको भुमिका बाट बाहिरिएर पर्दा पछाडि बाट पाटी लाई सहयोग गर्ने प्रतिबद्धता सहित राजिनामा दिएको घोषणा गर्दैछौं ।
प्रेम बहादुर दर्जि सचिवालय सदस्य तथा दलित विभाग प्रमुख ,लोकेश पोख्रेल सचिवालय सदस्य तथा निर्वाचन क्षेत्र (क)सह-संयोजक,सुरेश प्याकुरेल सचिवालय सदस्य तथा व्यवस्थापन विभाग प्रमुख,समीर अधिकारी सचिवालय सदस्य तथा सिटीइभिटी विभाग प्रमुख,राजन अधिकारी सचिवालय सदस्य ,नवीन हमाल सचिवालय सदस्य,पंख टमट्टासचिवालय सदस्य तथा रास्कोट नगर कमिटी अध्यक्ष ,युवराज भट्टराई जिल्ला कमिटी सदस्यले सामुहिक राजिनामा दिएको सुरेश प्याकुरेलले बताए ।उहाँका अनुसार अझै राजिनामा दिने संकेत बढ्ने देखिन्छन्,राजिनामा दिएको विज्ञप्ति आएको केहि समय पछि सचिवालय सदस्य तथा तिला कर्णाली बहुमुखी क्याम्पस कालिकोट निर्वाचित स्ववियु सदस्य दन्त तिरुवाले पनि राजिनामा दिएको जानकारी दिए।

तपाईको प्रतिक्रिया