पलाँता गाउँ कार्यसमिति सभापतीमा बम सर्वसहमत निर्वाचित

कालिकोट । जिल्लामा नेपाली कांग्रेसको पलाँता गाउँ कार्यसमिति सभापतीमा धिर बम सर्वसहमत निर्वाचित भएका छन । नेपाली कांग्रेस कालिकोटले भाद्र २७ गते गाउँ तथा नगरको अधिवेशन गर्ने निर्णय गरेपनी केन्द्रले ९ गते सारेको थियो । पलाँताले सिमाभन्दा अगावै सर्वसहमत नेतृत्व चयन गरेको हो।

जिल्लाका अधिकांश स्थानिय तहमा अधिवेशन हुन नसकेको बेला खाँडाचक्र नगरपालिका र पलाँतामा सर्वसहमत नेतृत्व चयन गरिएको नेपाली कांग्रेस कालिकोटले जनाएको छ।

तपाईको प्रतिक्रिया