ताडिमा एमालेको गढ भत्काउदै नेकपा एकीकृत समाजवादी

सुर्खेत/नेकपा(एमाले)सूर्य चिन्ह बाट खाँडाचक्र नगरपालिका वडा-३ ताडिमा एक जना मात्र दलित महिला सदस्य जित्न सफल भएकी सरुनि दमाईले पनि नेकपा(एकीकृत समाजवादी)मा सनाखत गरेकी छन् । नेकपा एमालेको बलियो गढ मानिएको वडा-३ ताडिमा नेकपा एकीकृत समाजवादीमा नेता कार्याकर्ता उत्तिकै छन्।नेकपा एमालेमा २०५४ सालमा गाविस उपाध्यक्ष निर्वाचित जय प्रसाद पाण्डे,वद्रि प्रसाद पाण्डे,कृष्णप्रसाद पाण्डे,युवा नेताहरु देवेन्द्रराज पाण्डे ,धनकृष्ण पाण्डे,दधिराम पाण्डे,रङग पाण्डे,मणिराम पाण्डे छन् ।
भने नेकपा एकीकृत समाजवादीमा नेकपा एमालेवाट २०४९ सालमा वडा अध्यक्ष निर्वाचित जयलाल पाण्डे,नरेन्द्र बहादुर शाही,नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु बाट २०७३ सालमा तिलाकर्णाली बहुमुखी क्याम्पसमा स्ववियु सभापतिमा झिनो मत अन्तरले पराजित लक्ष्ण कुमार शाही,नेकपा एमाले मान्म गाउँकमिटी अध्यक्ष समेत भएका लोकप्रिय युवा नेता कुल प्रसाद पाण्डे,राम प्रसाद पाण्डे,जयलाल देवकोटा,भानु प्रसाद पाण्डे,मीन बहादुर शाहीले नेकपा एकीकृत समाजवादी रोज्यका छन् ।

खाँडाचक्र नगरपालिका वडा-३का नेकपा एकीकृत समाजवादी पाटीका वडा स्तरका नेता कार्याकर्ता लाई भेट्घाट गर्ने कर्णाली प्रदेश सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही लाई स्वागत समेत गरेका थिए।वडा संगठन नभइ अब बलियो हुदैजाने मा आफू विश्वस्त रहेको मन्त्री शाहीले बताए ।विकास निर्माणमा पनि वडा-३ ताडि लाई आफू निर्वाचित भैसके पनि कुनै कन्जुस्याइँ नगरेको समेत दावि गरे,कार्यक्रममा पाटी अध्यक्ष विश्वराज वम,उप-सचिव कमल बहादुर शाही तिल बहादुर शाही,दानबहादुर विश्वकर्मा लाएका नेता कार्याकर्ता रहेको युवा नेता लक्ष्मण कुमार शाहीले दियो खबर लाई बताए।

तपाईको प्रतिक्रिया