सुर्खेत /नेपाली काँग्रेसको१४औं महाधिवेशनको मिति नजिकिदैं जाँदा देशभरिका काँग्रेस कार्यकर्ताहरु बिच वडा,नगरदेखि केन्द्रसम्मको नयाँ नेतृत्वका बारेमा चर्चा सुरु भएको छ ।
कालिकोट जिल्लामा पनि यति बेला काँग्रेस महाधिवेशनको चर्चा चुलिएको छ ।कालिकोट जिल्लामा नेपाली काँग्रेस नेतृत्व कस्तो आउँछ भन्नेमा छलफल चोकचोकमा,पसलपसलमा हुन थालेको छ।
कालिकोट जिल्लामा पाटी सह-सचिवमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल टिमको कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका वडा-३ताडिका वडाअध्यक्ष महावीर पाण्डेले यतिबेला सह-सचिव आफ्नो हातपार्नका लागि वडा सभापतिमा निर्विरोध गराएका छन्।
युवाले कालिकोट जिल्लामा राजनीतिक परिवर्तन ल्याउको लागि मैले रामचन्द्र पौडेल टिम बाट सह-सचिवमा उम्मेद्वारी रहेको दियो खबर संग बताए ।
तुलराज पाण्डे । २३ भाद्र २०७८, बुधबार ०९:५१