गाउँमै व्यस्त अध्यक्ष -बम

सुर्खेत/कालिकोट जिल्लाको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँतिकान्छा यति बेला जनताको घरदैलोमा जनता भेट्घाट तथा विकास निर्माणका काममा व्यस्त छन् ।

विद्यालयका भवन ,संस्थाका भवन ,स्वास्थका भवन ,सडक मर्मत सुधार गर्ने कार्यमा व्यस्त छन् ।गाउँपालिका अध्यक्ष भए पछि प्रत्येक वडा र टोल-टोल ,घर-घरमा जनताको दु:ख सुख साटासाट गर्न जाने कर्णाली प्रदेश कै एकमात्र जनप्रतिनिधि कालिकोट जिल्ला पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बम हुन्।
पलाँता गाउँपालिका अध्यक्ष यतिबेला वडा-२,३,४,५ र ६ मा छन् ।रातदिन नभनि जनताको आवश्यकका लागि खटिएका अध्यक्ष बम लाई वडा-२,३,४,५ र६ का जेष्ठ नागरिक,जनप्रतिनिधि ,वडा बासिले भव्य स्वागत गरेका छन् ।
पलाँतिको इच्छा चाहना सबै आफ्नो कार्यकाल मै पूरा गर्ने प्रतिबद्धता जनाएका अध्यक्ष बम विकास निर्माणमा यतिबेला फिल्डमा नै व्यस्त छन् ।

तपाईको प्रतिक्रिया