नमराज न्यौपाने /कालिकोट जिल्लाको पलाँता गाउँपालिका स्थित वडा-३,४ र ५मा क्रमश परेगमाला माध्यमिक बिधालय पलाँता ३ ओखलढुंगाका ४/४ कोठे भवन, स्वास्थ्य सेवा केन्द्र गुम्सु ५ कोठे पक्की भवन र स्वास्थ इकाइ खिनको ५ कोठे पक्की भवनको उदघाटन गरिएको छ ।
उद्घाटन कार्यक्रममा पलाता गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलातीकान्छा,उपाध्यक्ष दाना न्यौपाने,सम्वनय समिति सदस्य अनन्त बि.क राजेस २ का वडाअध्यक्ष बिद्दी कामी बिरि,वडा-३का वडा अध्यक्ष कर्ण रोकाया, वडा-४ का वडाअध्यक्ष ऐनराज महतारा, ६ का अध्यक्ष रुप बहादुर रोकाया,शिक्षा शाखा प्रमुख रण प्रसाद भट्ट पत्रकार लगाएत आम समुदायको उपस्तिथिमा उदघाटन कार्यक्रम सम्पन्न भएको छ ।
परेगमाला मा.बि उदघाटन कार्यक्रममा बोल्दै अध्यक्ष बमले गुणस्तरीय शिक्षा लागू गर्ने र एक वडा एक मा.बि संन्चालनमा ल्याउने उध्येस्यका साथ बिधालयको उदघाटन गरिएको बताउदै आफुले पढाइ गर्न बाहिर बहिर जानू परेको बेथा प्रष्ट पार्दै पलाता बासी कलिला युवाहरू एक वडा बाट अर्को वडामा मा.बि स्तरीय पडाइका लागि धाउनु पर्ने ब्यथा एथावत भएकै कारण मा.बि संन्चालनमा ल्याएको बताउनु भयो । उहाँले थप्दै पलातामा क्याम्पस संचालनका लागि भवनको काम लागत स्टामेट अनुसार सुरु गरि काम संन्चालनमा ल्याएको बताउनु भयो । त्यस्तै अहिले पलाँताका सम्पुर्ण वडाहरुमा मा. बि रहेको बताउनु भयो ।
त्यस्तै स्वास्थ सेवा केन्द्र गुम्सुमा बोल्दै पलाँताले सिटामोल किन्न मात्र जिल्ला सदरमुकाम धाउनु पर्ने बाध्यता लाई मध्यनजर गर्दै एक वडा एक स्वास्थ सेवा केन्द्रको स्थापना गरेको र पलाँताका सम्पुर्ण वडाहरुमा ९ वटा स्वास्थ सस्था रहेको र सरुवा रोग अस्पताल र पलाँता अस्पताल संचालनमा ल्याएको बताउनु भयो । अब पलाताका नागरिकहरुले स्वास्थ सेवा लिन जिल्ला सदरमुगाम धाउन नपर्नेमा पलाँता सरकार बिश्वस्त रहेको बताउनु भयो ।
दियो खबर । २२ भाद्र २०७८, मंगलवार २१:५५