सुर्खेत/अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकद्धारा गठित शुभकालिका गाउँपालिका –७ चन्द्रसूर्य मावि हाउडीमा रहेको बालअधिकार चेतना समूहले तयार पारेको कार्ययोजना कार्यन्वयनका इन्सेकले भदौ २० गते कोष हस्तान्त्रण हस्तान्त्रण गरिएको छ ।
स्थानीय समुदायालाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेहि वनाउने परियोजना अन्तरग बालअधिकारका लागि बालअधिकार चेतना समूहको कार्ययोजना कार्यान्वयनका लागि १० हजार नगद रूपैया इन्सेक जिल्ला प्रतिनिधि एवम सहजकर्ताबाट समूुहका अध्यक्ष यमुना आचार्यलाई हस्तान्त्रण गरिएको सोहि विद्यालयका संरक्षक शिक्षक यशोधरा भट्टराइले वताउनु भयो ।
बालअधिकार चेतना समूहका अध्यक्ष आचार्यका अनुसार यो वर्षको कार्य योजनामा विद्यालयमा बाल अधिकारका विषयमा चेतनामुलक हाजिरी जवाफ,देउडा गित,वक्तित्वकला प्रतियोगिता,विद्यालय सरसफाइ,सवै बालबालिकाले माक्स लगाउ अभियान लगाएतका क्रियाकलाप रहेका छन् ।
कार्ययोजना कार्यान्वनका लागि बालअधिकार चेतना समूहलाई इन्सेकको सहयोग
तपाईको प्रतिक्रिया
दियो खबर । २२ भाद्र २०७८, मंगलवार १९:२८