मन्त्री कुर्मराज शाहीको गृह जिल्लाका ६५जनप्रतिनिधि नेकपा एकीकृत समाजवादीमा

सुर्खेत /नेकपा एकीकृत समाजवादीका नेता तथा कर्णाली प्रदेश सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीको गृह जिल्लाका ६५ जनप्रतिनिधिले एकीकृत समाजवादी पक्षमा सनाखत गरेका छन्।

खाँडाचक्र नगरपालिकाका उप-प्रमुख विजया विष्ट शुभकालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईं ,उपाध्यक्ष पम्फादेवि शाही ,नरहरिनाथ गाउँपालिका अध्यक्ष धिर बहादुर विष्ट , जिल्लाका ६५जना स्थानीय तहका जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्।

वडा अध्यक्षहरु डबल बोगटी,रत्नलाल न्यौपाने,मणि सिम्खडा,लोकबहादुर बिष्ट,केशन शाही,रामबहादुर शाही,कर्ण खत्री,धनसिंह विक,धर्मराज शाही,धर्मराज शाही,जगदिश शाही,आदिचन्द्र चौलागाईं वडा सदस्यहरु तिलबहादुर शाही लगाएत कार्यपालिका सदस्य समेतका ६५ जना नेकपा एकीकृत समाजवादी पाटी रोजेका छन् ।

तपाईको प्रतिक्रिया