सुर्खेत/निर्वाचन आयोगले तोकेको समयावधिभित्र सनाखत गर्ने जनप्रतिनिधि मध्य कालिकोटमा पनि एमाले त्यागेर एकीकृत समाजवादीमा सनाखत गर्नेहरूको संख्या बढी भएको छ ।
स्थानीय तहको निर्वाचनमा नेकपा(एमाले)को चुनाव चिन्ह सूर्य लिएर निर्वाचित जनप्रतिनिधिको कुल संख्या १ सय ३२ जना मध्ये केहीको निधन र केही अन्य पार्टीमा लागेर संख्या घटिसकेकोमा एकीकृत समाजवादीमा ६५ जनाले सनाखत गरि बहुमत संख्या पुष्टि गरेका हुन् ।
एकीकृत समाजवादीमा नरहरिनाथ गाउँ पालिका अध्यक्ष धिरबहादुर बिष्ट,शुभ कालिका गाउँ पालिका अध्यक्ष खडानन्द चौलागाईं,खाँडाचक्र नगर उपप्रमुख बिजया बिष्ट र शुभकालिका उपाध्यक्ष पम्फाकुमारी शाहीले सनाखत गरेका छन् । स्थानीय तहका प्रमुख र उपप्रमुख मध्ये नेकपा(एमाले)मा खाँडाचक्र नगर प्रमुख जसिप्रसाद पाण्डे र महावै गाउँ पालिका उपाध्यक्ष मनराज शाही मात्र रहेका छन् ।
यसैगरी एमालेबाट निर्वाचित २४ जना वडाध्यक्ष मध्ये एकीकृत समाजवादी मा रत्नलाल न्यौपाने,डबल बोगटी,मणिप्रसाद सिम्खडा,लोकबहादुर बिष्ट,केशन शाही र,रामबहादुर शाही,कर्ण खत्री,धनसिंह शाही,जगदीश शाही,आदिचन्द्र चौलागाईं,धर्मराज शाही महावै,धर्मराज शाही तिलागुफा र गौंकला सिंह समेत १३ जनाले साथ दिएको एकीकृत समाजवादी कालिकोटका सचिव चित्रसिंह गाउँलेले जानकारी गराउनुभयो ।
उहाँका अनुसार विरामी भएर उपचारका क्रममा काठमाडौं रहेका कारण खाडाँचक्र १ बाट निर्वाचित प्रेम बहादुर शाहीले सनाखत गर्न सक्नु भएन भने समय सकिएको कारण ३ जना जनप्रतिनिधि बिच बाटो बाटै घर फिर्ता भएका छन् । एमालेका जिम्मेवार नेताहरुले रोकछेक गर्ने प्रयास गर्दा विवादका विचपनि जनप्रतिनिधिहरुले एकीकृत समाजवादीमा साथ दिएर नयाँ पार्टी निर्माण अभियानमा हौसला थपेको भन्दै समाजवादीका नेताहरुले सनाखत गर्ने जनप्रतिनिधिहरुलाई धन्यवाद दिएका छन् ।
कालिकोटमा एमालेभन्दा एकीकृत समाजवादीमा सनाखत गर्ने जनप्रतिनिधिको संख्या बढी
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । २२ भाद्र २०७८, मंगलवार १८:५८