सुर्खेत/ कर्णाली प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री माननीय कुर्मराज शाही लाई कालिकोट जिल्लाको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँतिकान्छा,उपाध्यक्ष दाना न्यौपाने र जनप्रतिनिधि नेता कार्यकर्ताले भव्य स्वागत गरेका छन् ।पलाँता गाउँपालिका वडा-४मा रहेको कालिका माध्यामिक विद्यालयको उद्घाटन गर्नका लागि गृह जिल्लाको पलाँता गाउँपालिका जानू भएका मन्त्री शाही लाई पलाँता बासिले स्वागत गरेका हुन । बिभाजन भए पछि पहिलो पटक गृह जिल्लाको पलाँता गाउँपालिका पुग्यका मन्त्री शाहीले नेकपा एकीकृत समाजवादी पाटीका नेता कार्यकर्ता भेट्घाट कार्यक्रममा कालिकोट जिल्लामा नेकपा एकिकृत समाजवादी पाटीको नै बहुमत रहेको दावि गरेका छन् ।आगामी दिनमा नेकपा एकीकृत समाजवादी पाटीको कालिकोट जिल्ला लालकिल्ला हुने समेत बताएका छन् ।पलाँता गाउँपालिकामा नेकपा एकीकृत समाजवादी पाटीका नेता कर्याकर्ता र जनप्रतिनिधि संग भेट्घाट तथा समसामयिक छलफल भएको स्वकीय सचिव प्रेम बहादुर बुढाले बताए ।
गृह जिल्लाको पलाँतामा मन्त्री शाहीलाई भव्य स्वागत
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । २१ भाद्र २०७८, सोमबार २२:२८