कालिका माध्यामिक विद्यालयको उद्घाटन गर्दै मन्त्री -शाही

सुर्खेत /कालिकोट जिल्ला पलाँता गाउँपालिका वडा-४ मा अवस्थित कालिका माध्यामिक विद्यालयको एक कार्यक्रमका विच कर्णाली प्रदेश सरकारका भुमि व्यपस्था कृषि तथा सहकारी मन्त्री माननीय कुर्मराज शाहीले उद्घाटन गर्नु भएको छ।कालिका मा.वि छलाहाका विद्यालय व्याबस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर बुढाको सभाध्यक्षतामा , कर्णाली प्रदेश सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री माननिय कुर्मराज शाही प्रमुख आतिथ्यता,पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमको विशेष आतिथ्यतन,उपाध्यक्ष दाना न्यौपाने समन्वय समिती सदस्य राजेश बिक,अतिथि द्वय मान बहादुर भण्डारी ,बिद्दी बिक (बिरि),कर्ण रोकाया,ऐनराज महतारा,टक्क बहादुर बम,रुप बहादुर रोकाया, कृषि मन्त्री ज्यु का प्रमुख स्वकिय सचिब प्रेम बहादुर बुढा,युवा नेता नबराज सिंह,अनेरास्ववियूका केन्द्रिय सदस्य गोबिन्द बम लगायत गाउँ वासिको सहभागीतामा उद्घाटन भएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि शाहीले शिक्षा क्षेत्रमा कोही कसैले पनि राजनिती गर्न नहुने बताए,कालिकोट जिल्लाको शैक्षिक क्षेत्र खस्कीदो अवस्था रहेकोले यस शिक्षा क्षेत्रमा सकृय रुपमा शिक्षक,अभिभावक र विद्यार्थीहरको महत्त्वपूर्ण भुमिका खेल्न आग्रह समेत गरे,सरकारी विद्यालयमा अध्यायन गरेका विद्यार्थी नेपालमा एकमात्र निष्पक्ष भनेर चिन्ने लोकसेवाआयोग मा पनि सरकारी विद्यालयनै पढेकाले नाम निकाल्न सफल भएको बताए ,उदाहरण दिदै सरकारी विद्यालय बाटै एसईई पास गरेर +२ विज्ञान विषय पढेर MBBSमा नि:शुल्क नाम निकाल्न सफल भएका जस्ता उदाहरण धेरै छन् त्यो भएर सरकारी विद्यालयमा पढाउनेले र पढ्नेले मेहनतका साथ लाग्न आग्रह समेत गरे,कालिकोट जिल्ला को पलाँता पिक्षडिएको क्षेत्र भनेर भन्ने प्रथा लाई अन्त्य पलाँता गाउँपालिका अध्यक्ष युवा लक्ष्मण बमले गरेको दावि समेत गरेर,नेपालमा केपि शर्मा ओलिको घमण्ड र अहंकारले अहिले जनताले दिएको मतको कुनै मुल्यक नगरेर आफ्नो मनपरि तरिकाले पाटी र सरकार चलाउन खोज्दाको परिमाण हो यो,अहिले बालकोटको बालकुनि बाट हात हलाउनु पर्ने अवस्था आएको छ।अब आउने निर्वाचनमा कालिकोट जिल्लाका ९ वटा स्थानीय तह र ८२ वटा वडा र २वटा प्रदेश सभा निर्वाचन क्षेत्र (क),(ख)र प्रतिनिधि सभामा मत कति आए भनेर नेकपा एमालेका टाउका गन्न सकिने समेत जिकिर गरे।
विशेष अतिथि बमले पलाँतामा बिकास भए नभएको गाउँमा आएर हेरे पछि थाहा हुन्छ काठमाडौ,सुर्खेत,जिल्लामा बसेर जति विरोध गरेपनि कुनै अर्थ नरहने समेत दावी गरे।पहिलाको पलाँताता र अहिलेको पलाँता कस्तो छ एक पटक विरोध गर्नेले हेर्न अनुरोध पनि गरे

तपाईको प्रतिक्रिया