नेकपा एमालेको जिल्ला भेला सम्पन्न

सुर्खेत /नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष तथा जुम्ला जिल्लाका इन्चार्ज गोरख वहादुर बोगटीको उपस्थितिमा सोमबार एमालेले पार्टी कार्यलय बाट सुरु गरेको शक्ति प्रदर्शन बजार मान्म बजार परिक्रमा गरेर हलमा बृहत कार्यकर्ता भेला गरेको हो ।कालिकोटमा एमाले निकै कमजोर भैसक्यो भन्ने हल्ला आइरहेका बेला हजारौं कार्यकर्ता भेला गरेर विपक्षीको होस उडेको एमाले पार्टीले जनाएको छ । कार्यक्रममा जिल्लाभर बाट अगुवा-कार्यकर्ता भेला गरेको र भनिए जस्तो एमाले कमजोर नभएको बरु ठूलो जनसागर एमालेको पक्षमा उर्लेको आजको भेलाले प्रमाणित गरेको खाँडाचक्र नगरपालिका नगर-प्रमुख जसि प्रसाद पाण्डेले बताए । 

वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष तथा जुम्ला जिल्लाका इन्चार्ज गोरख वहादुर बोगटीले माधव नेपालको समाजवादी धेरै नटिक्ने सिद्धान्त विनाको साथै करिब पन्ध्र वर्ष लागेको सिद्धान्त छोडेको आरोप लगाए । उनले भने,”सूर्य चिन्ह लाई नेपाली जनताले राम्रैसँग चिनेका छन् यसरी सजिलै छोड्न सक्ने अवस्था छैन । कर्णाली प्रदेशमा हाम्रै पार्टी अझै अग्र स्थानमा आउछ,यो कुरोको अबको चुनावले पुष्टि गर्नेछ ।
कार्यक्रममा बोल्दै नेकपा एमाले कालिकोटका अध्यक्ष नगेन्द्र शाही नेसनलले पनि कालिकोटका ९ वटा स्थानीय तहका ८२ वटा वडामध्ये नेकपा एमालेमा धेरै वडाध्यक्षहरु एमालेसँग रहेको दाबी गरे ।

तपाईको प्रतिक्रिया