मुगुको नाग्चेलाग्नामा सशस्त्रको बीओपी राखिदैं

दियो खबर संवाददाता मुगु । मुगु जिल्लामा सशस्त्र प्रहरी बलले चीनसँग सीमा जोडिएको नाग्चेलाग्ला नाकामा बोर्डर आउट पोष्ट (बीओपी) राख्ने भएको छ । जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुमकार्मारोङ गाउँपालिका–२, मुगुमगाउँमा पोष्ट राख्ने तयारी भइरहेको सशस्त्र प्रहरी गुल्म मुगुले जनाएको छ । कार्यालयका अनुसार नाग्चेलाग्ना नाकाको रेखदेख गर्ने गरी मुगुम गाउँमा पोष्ट राख्ने तयारी भइरहेको हो ।

नाग्चेनाङ्ला नाकामा बीओपी राख्ने प्रक्रिया अन्तिम चरणमा पुगेको सशस्त्र प्रहरी बल नम्वर ४५ गुल्म मुगुका डिएसपि खुम बहादुर केसिले जानकारी दिए । केसीका अनुसार बिओपि स्थापनाको लागि गृह मन्त्रालयमा सबै कागजपत्र बुझाएको बताए ।

गृह मन्त्रालय बाट आदेश जारी भए पछि दसैंअघि वा लगत्तै मुगुको नाग्चेलाग्ना नाकाको रेखदेख गर्ने गरी मुगुमकार्मारोङ गाउँपालिका–२, मुगुमगाउँमा पोष्ट राख्ने तयारी रहने केसिले जानकारी दिए । पोष्ट राख्ने तयारी भएको ठाउँ समुद्री सतहदेखि करिब ३ हजार २ सय मिटर उचाइमा रहेको छ । तर दुई देश बीचको सिमा क्षेत्र नाग्चेलाग्ना नाका भने ४ हजार ९ सय मिटर उचाइमा छ ।

सशस्त्रले मुगुगगाउँमा पोष्ट राखिसकेपछि मात्र तिन्जे र चाक्से नाकामा राख्ने योजना बनाएको छ । स्थायी रुपमा संरचना बनाउने ध्येयले जिल्लाको सुरक्षा अधिकारीहरुको टोलीले जग्गा हेरेर फर्किएका छ ।

“त्यहाँ जग्गाको समस्या छैन, प्राविधिक रुपमा जहाँ उपयुक्त हुन्छ त्यही भवन बनाउन सकिन्छ,” डिएसपि केसिले भने, “सशस्त्र प्रहरी बलले पोष्ट राख्ने विष्यामा यस अघि नैं निर्णय गरिसकेको छ ।” केही दिन अघि सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवालिको नेतृत्वमा गएको टोलिले १३ नम्बर सिमानामो अनुगमन गर्न नाक्चेलाग्नामा पुगेको थियो ।नेपाली रैवार बाट सभार गरिएको समाचार हो ।

 

तपाईको प्रतिक्रिया