सुर्खेत/ कोरोनाका कारण लथालिङ्ग भएको शिक्षा क्षेत्र अहिले आएर बिस्तारै जुरमुराउन थालेकोछ । कोरोना कारण देशै भरिको पठन पाठन ठप्प भए संगै चौकुनेका पनि सबै बिद्यालय बन्द गरिएको थियो । हाल जिल्ला प्रशासन कार्यालय सुर्खेत ले बिद्यालय मा कोरोना प्रकोप लाई मध्यनजर गर्दै स्वबिबेक आम अभिभावक र बिद्यालय ब्यवस्थापन समितिले आफै निर्णय गर्न पाउने ब्यवस्था मिलाए संगै चौकुनेमा आज देखि बिद्यालय संचालन भएका छन । तेस्तै चौकुने गाउपालिका वडा-२ मा रहेको पश्चिम क्षेत्रको एकमात्र शिक्षण संस्था नेपाल रास्ट्रीय माध्यामिक बिद्यालय चौकुने २ मा पठन-पाठन सुरु भएको छ ।२०७८ भाद्र २० गते यस क्षेत्रका सम्पूर्ण अभिभावक,शिक्षक,विद्यार्थी,सुरक्षा निकाय,जनप्रतिनिधि सबै संग छलफल गरि बिद्यालय संचालनमा ल्याइएको प्रध्यानाध्यापक लालबहादुर थापा मगर ले जानकारी दिनु भयो । बिद्यालय संचालनमा आए संग बिद्यार्थी हरुमा नयाँ उत्साहका साथ उपस्थित भएको प्र.अ. थापा ले जानकारी दिनु भयो ।
कोरोनाले थला परेका विद्यालय संचालन
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । २१ भाद्र २०७८, सोमबार १२:४६