सुर्खेत /कालीकोटका नौ स्थानीय तहमध्ये दुई गाउँपालिका अध्यक्ष,उपाध्यक्ष दुई र एक नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको थियो । जसमा नरहरिनाथ गाउँपालिका अध्यक्षमा धीरबहादुर बिष्ट,महावै गाउँपालिका उपाध्यक्षमा मनराज शाही, शुभकालिका गाउँपालिकामा अध्यक्षमा खडानन्द चौलागाई उपाध्यक्षमा पम्फा शाही विजयी भएका थिए । त्यस्तै, खाँडाचक्र नगरपालिका प्रमुखमा जसीप्रसाद पाण्डे र उप-प्रमुख विजया बिष्ट विजयी भएकी थिइन् । त्यसमध्ये नरहरिनाथ गाउँपालिका अध्यक्ष धिर बहादुर बिष्ट, शुभकालिका गाउँपालिका अध्यक्ष चौलागाई, उपाध्यक्ष पम्फा देवि शाही र खाँडाचक्र नगरपालिका उप-प्रमुख विजया बिष्टले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेको पूर्वएमाले सचिव चित्रसिंह गाउँलेले बताए ।कालीकोटका ८२ वडामध्ये २७ वटामा एमालेले जितेको थियो । खाँडाचक्र नगरपालिका वडा-४ वडा अध्यक्ष धनसिंह विश्वकर्मा ,वडा- ८वडा अध्यक्ष आदिचन्द्र चौलागाईं ,तिलागुफा नगरपालिका वडा-६ वडाअध्यक्ष धर्मराज शाही,शुभकालिका गाउँपालिका वडा-४ वडाअध्यक्ष रामबहादुर शाही ,वडा-५वडा अध्यक्ष केशन बहादुर शाही,वडा-६वडाअध्यक्ष कर्ण बहादुर केसि ,नरहरिनाथ गाउँपालिका वडा-८ वडा अध्यक्ष लोगे विष्ट क्रमस वडाअध्यक्ष,वडा सदस्य त्यसमध्ये १६ वडा अध्यक्षले एकीकृत समाजवादीमा सनाखत गरेको उनको भनाइ छ ।निर्वाचन आयोगले भदौ २२ गते सम्म अर्को दल रोज्न पाउने भएकाले नेकपा एकीकृत समाजवादीमा सनाखत गर्ने अझै आउन बाँकि रहेको पाटी अध्यक्ष विश्वराज बमले दियो खबर संग बताए ।
कालीकोटका ४५ जनप्रतिनिधि नेकपा एकीकृत समाजवादीमा
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । २० भाद्र २०७८, आईतवार १९:२१