हुम्ला /लकडाउनको समयमा सरकारले खाद्यान्न बिक्रीमा दिएको छुट नपाएको गुनासो सम्बन्धमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेट हुम्ला शाखाका प्रमुख सहित दुई कर्मचारी निलम्बनमा परेका छन् । छानबिन गर्न भन्दै कर्मचारीलाई ९० दिनका लागि निलम्बन गरिएको स्रोतले बताएको छ । लिमिटेडका बिक्री विभागका प्रमुख भीम थापाको नेतृत्वमा भएको छानबिन टोलीले अध्ययन गर्दा २० प्रतिशत छुटको खाद्यन्न बिक्री गरेको प्रमाण नभेटिएको कारण प्रमुख सहित दुइ जना निलम्बितमा परेका हुन ।
कार्यालय मुख निर्मल थापा र नायव सुब्बा भरत अधिकारीलाई निलम्बन गरिएको स्रोतले कर्णाली सरोवर दैनिकलाइ बतायो । छानबिन टोलीले उक्त खाद्यन्न बिक्री नगरेको र बिक्री गरिएको भने अनुसार बैंकमा पैसा पनि जम्मा नभएको प्रतिवेदन बुझाएको छ । छानबिन टोलीमा आन्तरिक लेखापरीक्षक अधिकृत मदन रायमाझी र घनश्याम अर्याल थिए । एक हप्ता लगाएर अध्ययन गरेको छानबिनमा दश लाख ६४ हजार मूल्यको ९ सय १७ क्वीन्टल खाद्यन्न सर्वसाधारणले पाउनु पर्ने पनि प्रतिवेदनमा उल्लेख छ । सरकारले दिएको छुटलाई लिमिटेडको केन्द्रले जेठ २० गतेको मितिमा शाखालाई कार्यान्वयन गर्न पत्राचार गरेको थियो । यस पछि साखाले खाद्यन्न बिक्रि बितरण गरेको थियो ।यो समाचार Karnali sarowarमा छ
हुम्लामा कार्यालय प्रमुख सहित दुईजना निलम्बित
तपाईको प्रतिक्रिया
दियो खबर । २० भाद्र २०७८, आईतवार ११:२०