सुर्खेत /कालिकोट जिल्लाको पलाता गाउँ पालिका वडा-७ निवासी राजिन्दा बिष्ट घर पोत्ने माटो लिन गएकी उनी माटोको ढिस्कोले शनिवार पुरिनु भएको छ।
उहाँलाई उद्वारमा खटिएका एक युवा भन्छन करिब आधि घण्टाको काम पछि उनी लाई उद्वार गरि पलाँता स्थित पलाँता अस्पतालमा भर्ना गरिएको जानकारी दिए ।
घाइते हुनुभएकि बिष्टको स्वास्थ्य अबस्था बुज्न पलाता गाउँ पाकिका अध्यक्ष राति ९:३० बजे पलाता अस्पताल पुग्नु भयो । पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बम (पलाति कान्छा) ले अन्य बिरामि हरुको स्वास्थ्य अबस्था बुझि रात्रीकालिन डिउटि मा खटिने अस्पतालका कर्मचारी लाइ निर्देशन समेत दिनु भयो ।
डाक्टर बिजय कुमार महतोका अनुसार उहाको स्वास्थ्य अवस्था अब सामान्य रहेको जानकारी दिनुभयो ।
तुलराज पाण्डे । २० भाद्र २०७८, आईतवार ११:०६