नेकपा एकिकृत समाजवादी

सुर्खेत / नेकपा एमाले जुम्लाका पदाधिकारी सहित ५८ जनाले नेकपा एकिकृत समाजवादी पार्टी रोजेका छन् ।
जिल्ला गरिएको पत्रकार भेटघाटमा नेकपा एसका नेताहरुले समाजवादी रोजेका नेता कार्यकर्ताहरुले पत्रकार भेटघाट गरि घोषणा गरेका छन् ।

अध्यक्ष तिर्थ बुढा, उपाध्यक्ष नन्दबहादुर रोकाया, सचिव आदी प्रसाद न्यौपाने, उपसचिव राजबहादुर खत्री सहितका ६१ जना जिल्ला कमिटि मध्य तीन जना वाहेक अन्य सवैले नेकपा एकिकृत समाजवादी पार्टी रोजेको जानकारी गरेको छ ।
पत्रकार भेटघाटमा जारी गरिएको बिज्ञेप्तिमा प्रदेशसभा सांसद पदम रोकाया, नगरपालिकामा जितेका सवै वडाध्यक्षहरुको निर्वाचन आयोगमा सनाखत भईसकेको र अन्य जनप्रतिनिधिहरुले भाद्र २२ गते सम्म सनाखत गर्न आवह्रान गरिएको छ ।

पत्रकार भेटघाटमा प्रदेशसभा सांसद पदमबहादुर रोकायाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दम्भ र माधव नेपाललाई गरिएको तिस्कारले आफुहरु नेकपा एकिकृत समाजवादी यात्रामा लाग्न वाध्य भएको बताउनुभयो ।

उहाँले हिजो एक प्रदेशमा माधव नेपाललाई मुख्यमन्त्री दिन नचाहने घमण्डले ओली आफै कमजोर भएको बताउनुभयो । नेकपा एमाले जुम्लाका उपाध्यक्ष नन्दराम रोकायाको अध्यक्षतामा गरिएको पत्रकार भेटघाटमा ओली प्रवृत्ति राम्रो नभएको भन्दै नेकपा एकिकृत समाजवादी पार्टीमा जुम्लामा आफुहरु लागेको घोषणा गरिएको छ । अध्यक्ष तिर्थ वुढा भने उपचारको क्रममा काठमाण्डौमा रहेका र समर्थन जनाएको जनाईएको छ ।

पत्रकार भेटघाटमा नेकपा समाजवादीका नेता आदी प्रसाद न्यौपानेले नेकपा एमाले देशको ठूलो पार्टी हुदा पनि केपी ओलीको दम्भले यो अवस्थामा आईपुग्न वाध्य भएको बताउनुभयो । पार्टीले जुम्लामा २३ गते भेला गर्ने प्रेस बिज्ञेप्ति मार्फत जानकारी गरेको छ ।

तपाईको प्रतिक्रिया