दार्चुला घटनाको विरोधमा मोदीको पुत्ला दहन

सुर्खेत /दार्चुला घटनाको विरोधमा नेकपा एकीकृत समाजवादी निकट भातृ संगठन अनेरास्ववियुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन् ।

विद्यार्थीहरुले शुक्रबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमाा रहेको मध्यपश्चिम विश्वविद्यालय अगाडि मोदीको पुत्ला जनाएका हुन् । उनीहरुले जयसिंह धामीलाई न्याय दे,सीमा अतिक्रमण बन्द गर्, भारतीय विस्तारवाद मुर्दावाद जस्ता नारा लगाएका थिए ।

१५ साउनमा भारतीय सीमा सुरक्षा बल-एसएसबी)ले तुनइको तार काटिदिँदा दार्चुलाको ब्याँस गाउँपालिका–२ का जयसिंह धामी महाकाली नदीमा खसेका थिए । घटनाबारे छानविन गर्न बनाएको समितिले हालै बुझाएको प्रतिवेदनमा पनि एसएसबीको उपस्थितिमा घटना भएको उल्लेख छ ।

तर घटनाको विरोध गर्दै भारतलाई कूटनीतिक नोट पठाउने काम समेत नगरेको भन्दै सरकारको पनि आलोचना भइरहेको अनेरास्ववियुका युवा नेता मिलन बुढा क्षेत्रीले दियो खबर लाई जानकारी दिए।

तपाईको प्रतिक्रिया