लालमणी धमाला/नेपाल केन्पो खुकुरी मार्शल आर्टस संघ को प्रशिक्षण कर्णालि प्रदेशको राजधानी बिरेन्द्रनगर मा एक समारोह का बिच प्रशिक्षण कार्यक्रम सुरु भएको छ । कार्यक्रम प्रदेश खेलकुद बिकास परिषद का उपाध्यक्ष प्रमोद हमाल को प्रमुख आतिथ्यता र खेलकुद परिषद का सदस्य सचिव विश्वामित्र सञ्ज्यालको विशेष आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रम मा नेपाल केन्पो खुकुरी मार्शल आर्टस संघका केन्द्रिय उपाध्यक्ष गोरख बहादुर शाही को पनि उपस्थितमा भएको छ । आगामी असोज ८गते देखि काठमाडौ मा हुने राष्ट्रीय केन्पो च्याम्पियन सिपको तयारिका लागि कर्णाली प्रदेशका डोल्पा,हुम्ला,लगाएतका सबै जिल्लाहरुबाट प्रशिक्षार्थी को सहभागी रहेको छ भने उत्कृष्ट ५ महिला र ५ पुरुष लाई आगामी असोजमा हुने नेशनल च्याम्पियन सिपका लागि छनौट गरि सहभागी गराउने लक्ष्य रहेको उपाध्यक्ष गोरख शाही ले बताउनु भयो । साथै खेलकुद परिषद उपाध्यक्ष प्रमोद हमालले कर्णाली मा खेलकुद क्षेत्रका लागि नया खेल भएकाले उत्कृष्टता पर्दर्शन गरि खेल खेल्न खेलाडी हरुलाइ सुझाव दिनु भएको छ । साथै खेलकुद परिषदका सदस्य सचिव विश्वामित्र सञ्ज्याल ले नया प्रवृत्ति को केन्पो खुकुरी मार्शल आर्टस लाई परिषदका तर्फ बाट सक्ने सहयोग रहने बताउनु भयो ।साथै उक्त प्रशिक्षणमा प्रशिक्षक का रुपमा मंगल शाही लाई केन्पो मार्शल आर्ट संघले जिम्मेवारी दिएको छ । आगामी असोज ३ गते प्रशिक्षार्थी हरु मध्य बाट उत्कृष्ट १० जना छनौट कार्यक्रम रहने नेपाल केन्पो खुकुरी मार्शल आर्टस संघका कर्णाली प्रदेश अध्यक्ष ईश्वर शाहीले बताउनु भयो ।
केन्पो खुकुरी मार्शल आर्टस छनौट प्रशिक्षण कर्णालीमा सुरु
तपाईको प्रतिक्रिया
दियो खबर । १८ भाद्र २०७८, शुक्रबार १४:१८