सुर्खेत/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता योगेश कुमार भट्टराईलाई प्रवक्ताबाट हटाएका छन् ।
माधव नेपालको साथ छाडेर अन्तिम समयमा एमालेमै बसेका योगेश कुमार भट्टराई लाई पार्टी प्रवक्ताबाट हटाइएको हो । एमालेमा समाहित भएलगत्तै २०७५ जेस्ठ २ गतेकै सुचनामा पार्टी फर्किएको भन्दै योगेश कुमार भट्टराई लाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो ।
त्यसैअनुसार मध्यमार्गी नेताहरूले एमालेमै बस्ने निर्णय गरेपछिको पत्रकार सम्मेलनमा उनलाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो ।
तर दुई साता पनि नबित्दै भट्टराईको प्रवक्ता पद खोसिएको छ । बिहिबार एमालेले दार्चुला तुईन प्रकरणबारे निकालेको विज्ञप्तिमा भने प्रवक्ता परिवर्तन गरिएको छ । उक्त विज्ञप्तिमा प्रदीप ज्ञवाली प्रवक्ता भएको जनाइएको छ ।
दार्चुला प्रकरणमा एमाले पार्टीकै लेटरप्याडमा निकालिएको विज्ञप्तिमा प्रदीप ज्ञवालीको नाम प्रवक्ताको रूपमा उल्लेख गरिएको छ ।
तुलराज पाण्डे । १८ भाद्र २०७८, शुक्रबार १३:३४