सन्तोष जङ्ग मल्ल /नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन र ७औं अधिबेशनको पुर्व सन्ध्यामा धेरै कुरा अध्यन गरि,बुझेर क्षेत्रीय सचीवमा उम्मेदवारी दिने निर्णय गरेको हुँ!यति खेर सम्पुर्ण नेताहरु आ-आफ्नो पद सुरक्षीत को होडबाजीमा ब्यस्त छन संगठनको चिन्ता प्रायजसो कमै नेताहरूलाई छ !कुन ठाउँमा संगठन कम्जोर छ,कम्जोर संगठन भएको ठाउमा कसरी मजबुत गर्न सकिन्छ भन्ने कुरामा ध्यान,चिन्तन कमैको मस्तिष्कमा छ,सन्दर्भ मेरो साबिक पाँखा गा.बि.सको बारेमा भन्नुपर्दा हिजो देखि अहिले सम्म संगठन कम्जोर छ र कम्जोर भएको कुरा स्वकार्छौ ,कारण पाँखालाई कुनै पद दिन कन्जुस्याइँ गर्ने अनि संगठन कम्जोर छ भनेर हेप्ने प्रबिधि अझै कायमै छ!अन्य सम्पुर्ण पार्टीका शिर्ष नेताहरु पनि मेरै साबिक पाँखा गा.बि.स हाल खाँडाचक्र नगरपालिका वडा-८,९ मा भएको हुदा ऊनीहरु संग प्रतिस्पर्धा गर्नको लागी पनि मैले यो निर्णय गर्न बाध्य भएको हुँ!तर हाम्रो पार्टिको चलन जुन ठाउँमा ठुला नेताहरु हुन्छन्,जुन ठाउँमा संगठन बलियो हुन्छ हो त्यही ठाउँमा पद दिने चलन छ,यो परिपाटीले नेपाली काँग्रेस खाँडाचक्र नगरपालिका कम्जोर बन्दै गहिरेको अवस्था छ।कहिले सम्म कायमै राख्ने जबसम्म साबिक पाँखा गाबिस को संगठन बनाउन सकिदैन तब सम्म खाँडाचक्र गरपालिका,कालिकोट जिल्ला निर्वाचन क्षेत्र (क) प्रदेश सभा जित्ने दिवा सपनामात्र हुन्। कसैले देख्छ भने पनि दिवा सपनाले देख्छन्,यो कुरा प्रति सम्पुर्ण नेताहरु चिन्तन हुन जरुरी छ,प्रदेश क्षेत्रीय सचीव मेरो लागि आवश्यकता नभइ सिङ्गो साबिक पाँखा गाबिस र युवाले गरेको नेपाली काङ्ग्रेसको लागि आवश्यकता हो जय नेपाल!
पाँखालाई पद दिन कन्जुस्याइँ गर्ने,संगठन कम्जोर भयो भन्ने प्रथा कहिले सम्म
तपाईको प्रतिक्रिया
दियो खबर । १८ भाद्र २०७८, शुक्रबार ११:२४