दियो खबर संवाददाता ।काठमाडौं, १३ असोज ।पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ५१३ जनामा कोरोना भाइरस (कोभिड–१९) सङक्रमण पुष्टि भएको छ । यसैगरी आज कोरोना निको भई ७३१ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या ५५ हजार ३७१ पुगेको मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिए देशभरका स्वास्थ्य प्रयोगशालामा आज १० हजार ८१२ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । हालसम्म देशभर कूल सङ्क्रमितको सङ्ख्या ७६ हजार २५८ पुगेको छ । हाल मुलुकभर सक्रीय सङक्रमितको सङ्ख्या २० हजार ३९६ रहेको उनले बताए । यसैगरी देशभरका विभिन्न क्वारेन्टिनमा ५ हजार ७७८ जना रहको छ ।पछिल्लो २४ घण्टामा १० जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४९१ पुगेको छ।
१५१३ जनामा कोरोना संक्रमत पुष्टि १०, जनाको मृत्यु
तपाईको प्रतिक्रिया
दियो खबर । १३ आश्विन २०७७, मंगलवार १७:१९