सुर्खेत/नेकपा(एमाले)बाट सूर्य चिन्ह मार्फत प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन जितेका रुकुम पश्चिम,मुगु र जनप्रतिनिधिहरुले नेकपा(एकीकृत समाजवादी)मा सनाखत सुरु गरेका छन् ।
निर्वाचन आयोगले यही भदौ २२ गते कार्यालय समयभित्र सनाखत गरिसक्नुपर्ने समयावधि तोके अनुसार आज कर्णाली प्रदेश सभाका तीन एमाले सांसदले नेकपा एकीकृत समाजवादीका पक्षमा आफ्नो सनाखत गराएका छन् । प्रदेशसभा सदस्य देवी ओली (रुकुमपश्चिम), मुगुका चन्द्रबहादुर शाही र जुम्लाका पदम बहादुर रोकायाले नेकपा एकीकृत समाजवादीका पक्षमा निर्वाचन आयोगको कार्यालयमा आफ्नो सनाखत गराएका हुन् ।
भैतिक पुर्वाधार विकास मन्त्रीका स्वकीय सचिव मिलन बुढा क्षेत्रीले दियो खबर लाई बताए ।
एमाले त्याग्दै एकीकृत समाजवादीमा सनाखत गर्न सुरु
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । १६ भाद्र २०७८, बुधबार १४:२०