सुर्खेत /कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले आफुलाई राजनीतिक प्रतिसोध स्वरुप अबोध महिला सँग काइन्ड मास्टर एप्सद्वारा बनावटी भिडियो मार्फत सामाजिक सञ्जालमा भाइरल बनाउन खोजिएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस मार्फत मन्त्री शाहीले आफुलाई अनावश्यक रुपमा गलत काममा मुछ्नेहरुलाई कानुनी प्रक्रियामा लगेर सजायको भागेदार बनाउने धारणा समेत राखेका छन् ।प्रस्तुत छ मन्त्री शाहीको धारणा जस्ताको तस्तै..म आज फेरि राजनीति चर्चाको शिखरमा पुगेछु । बिगत पाँच महिना देखि पटक पटक सामाजिक सन्जालमा भाइरल भयको यदी कोही ब्यक्ति थियो भने मनै थिय । तर मैले सामाजिक सन्जालमा म आफुलाइ रङ्गाउने प्रयास कहिलै गरिन । सबैले रङ्गायका फोटो हेर्नमा नै म आफुलाइ आफै आत्मा सन्तुष्टिको एक किनारामा राख्थे । सहि के हो,गलत केहो ? आफै मुल्यांकन गर्थेे । अरुलाइ सियर पनि गरिन । राम्रो आउदा हौसिने ,न राम्रो आउदा अत्तालिने मेरो मनमा कहिलै आयन । किनभने पुर्खा देखि राजनीति संस्कार बोक्दै आयको घरपरिबारको सदस्य हु । म गल्लीबाट टिपेर कसैले शिरमाला पहिर्याइ दियका होइनन् । बिधार्थि राजनिती ,पत्रकारिता र पार्टीको राजनीति गर्दै एउटा सङ्घर्षमय जीवन ब्यतित गर्दै यहाँ सम्म आइ पुगेको एउटा नियात्री हु म । बालापन देखि मेरो अहिलेको उमेर सम्म आइ पुग्दा कसै सङ्ग झुकेर मागेर ढोकेर आफ्नो मान प्रतिष्ठा कमाउन लागिन । सङ्घर्षकै जीवन चक्रबाट यहाँ पुगेको छु । २०४७ साल देखि २०७८ साल सम्म मेरो नियात्राको जिबनमा थुप्रै उकाली-ओरालि,आरोह-अवराेह पार गर्दै आयको छु । २०४६ सालको जन आन्दोलन ,२०५९ सालको प्रतिगमन बिरुद्दको आन्दोलन र २०६२ ,२०६३ सालको जनक्रान्ति प्रदेश प्राप्तिकाे आन्दाेलनमा आफुलाइ शसक्त ढङ्गले उभिएकाे एउटा पात्र हु । तत्कालिन नेकपा( एमाले ) को १० बर्ष कार्यालय सचिब हुँदै उप सचिब भएर काम गरे । तीन पटक पार्टीको सचिब र अध्यक्ष भएर जिल्लामा कम्युनिष्ट आन्दोलनको नेतृत्व प्रदान गरे । पार्टीको नेतृत्वलिदा जिल्लाका जनताको मन मष्तिस्कमा भिज्न सफल भयरनै आज एउटा सफलताको सिखरमा पुगेको हु । ३०बर्षको सङ्घर्ष र बलिदानले यहाँ सम्म पुगेको छु । कसैको कृपापात्र होइन म ।म जहिले पनि गलत सस्कार,प्रबृत्ति,अहम्कार,घमण्ड ,
दम्भ र निरङकुस बिरुद्दमा सङ्घर्स गर्दै आएको एक अभियान्ता हुँ। यसैको फलस्वरुप मैले फ्लवरक्रस गरेको हुँ। नकि धन दौलतको र पद प्रतिष्ठाको प्रलोभनमा परेर होइन ।आज कसैलाइ यदि रिस र डाहा छ भने यसैमा छ । म रिस र डाहालाइ राम्रो सङ्ग चिन्दछु । दम्भ र घमण्डलाइ पनि चिन्दछु । यसको कलरलाइ पनि चिन्दछु । हाइट र वइटलाइ पनि चिन्दछु ।कसैको क्षमता र ओैकात कति छ भन्ने मलाइ थाहा छ । यसको उपचार केहो मलाइ राम्रोसँग थाहा छ । बातको ठाउमा लात हान्न पनि जानेको छु ।बुद्धि र बिबेकलाइ राम्रो सङ्ग खेलाउन जानेको छु ।मेरो कपाल कसैले फुटाउन चाहन्छ भने मितको कपालमा मलम पट्टि लगाउनु पर्छ भन्ने केहिछैन। हिजो आज बजारमा हिराे बिनाकाे सुटिङ हुदैछ अरे । यो सुटिङको खलनायक र उत्पादक कर्ता कोहो ? उसको एतिहासिक पृष्ठभूमि के हो ?मैले के जानेको छैन र । फेक भिडियोलाइ,इडिट गरेको भिडियो,इडिट गर्ने एप्स ( काइन्ड मास्टर) बाट फोटो जोडेर राजनिती गर्न खोजिदैछ र अर्काको चरित्र हत्या गरेर आफुलाइ बहादुर बनाउनु र एउटा योग्य म राज नेता त भन्दिन जिल्लाकाे नेता हुने प्रयास गर्नु यो जस्तो मुर्खता र पाखण्डिको अर्को रुप के हुन्छ र। एउटा बच्चा र अबोध महिलाको फोटो इडिट गरेर कसैले राजनितक अभिष्ट पूरा गर्न खोजेको छ भने उसको दिबा सपना हो । हाम्रो बिचमा केही छैन भनी मौखिक, लिखित र पत्रकार सम्मेलन गरि पुष्टाई दिदापनि चरित्र हत्या गर्नु भनेको बाच्न पाउने अधिकार मानव अधिकार माथिको ठाडो उल्ङ्घन हो । यिनिहरुलाइ ज्यान मारा भन्ने कि,अपराधि गिरोह ।राजनितीज्ञ भय राजिनितिक हिसाबले समाधान गरौला । अपराधी गिरोहो भने साइबर अपराध वा अदालति प्रकृयाबाट हल गरिन्छ। सबैलाइ चेतना भया…?
तुलराज पाण्डे । १५ भाद्र २०७८, मंगलवार २२:५६