सुर्खेत /नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी) खाँडाचक्र नगरपालिकाको भेलाले आज ६५ सदस्यीय नगर कमिटी गठन गरि घोषणा गरेको छ ।
एकीकृत समाजवादी खाँडाचक्रका नेता तिल बहादुर शाहीको अध्यक्षता र संविधानसभा सदस्य तुलाराज बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले कृष्णबहादुर मल्ल अध्यक्ष रहेको नगर कमिटी घोषणा गरेको हो ।
कमिटीको सचिवमा कुम्भ शाही र सदस्यमा दमन बहादुर मल्ल,गोर्खे चौलागाईं ,राजपुरा चौलागाईं,नवराज मल्ल,मीन बहादुर गिरी,रत्न बहादुर शाही,सुष्मा विक,धौले परियार लगाएत रहेको एकीकृत समाजवादी कालिकोटले जनाएको छ ।
नगर अध्यक्ष जिम्मेवारी पाउने मल्ल खाँडाचक्र – ८ मा नेकपा(एमाले)बाट निर्वाचित वडा सदस्य समेत हुन् भने सचिवको जिम्मेवारी लिने शाही एमालेकै पुरानो इमान्दार कार्यकर्ताको रुपमा परिचित छन् । नगर भेलालाई नेताहरु विश्वराज वम,चित्रसिंह गाउँले,बिजया बिष्ट,कमलबहादुर शाही,खडानन्द चौलागाईं,भूपेन्द्रबहादुर वम लगाएतले सम्बोधन गर्नुभएको थियोे ।
तुलराज पाण्डे । १५ भाद्र २०७८, मंगलवार १९:०८