कालिकोटमा एमाले त्याग्दै एकीकृत समाजवादीमा सनाखत गर्न सुरु

सुर्खेत/नेकपा(एमाले)बाट सूर्य चिन्ह मार्फत स्थानीय तहको निर्वाचन जितेका कालिकोटका जनप्रतिनिधिहरुले नेकपा(एकीकृत समाजवादी)मा सनाखत सुरु गरेका छन् । 
निर्वाचन आयोगले यही भदौ २२ गते कार्यालय समयभित्र सनाखत गरिसक्नुपर्ने समयावधि तोके अनुसार आज कालिकोटको शुभकालिका गाउँ पालिका अध्यक्ष खडानन्द चौलागाईं लगाएतका केही जनप्रतिनिधिहरुले सनाखत गरेका हुन् ।

जिल्ला निर्वाचन कार्यालयमा पुगेर गाउँ पालिका अध्यक्ष चौलागाईंको साथै शुभकालिका वडा-५ का अध्यक्ष केशन शाही र सोही गाउँ पालिका वडा-६ कि वडा सदस्य होइजाली कामीले नेकपा(एकीकृत समाजवादी)मा सनाखत गरेको (एकिकृत समाजवादी ) कालिकोटका सचिव चित्रसिंह गाउँलेले जानकारी गराउनु भयो ।

नेता गाउँलेका अनुसार कालिकोटको शुभकालिका अध्यक्षबाट सुरुवात भएको सनाखत प्रक्रियामा नरहरिनाथ गाउँ पालिका अध्यक्ष धिरबहादुर बिष्ट,खाँडाचक्र नगरपालिका उप-प्रमुख बिजया बिष्ट र शुभकालिका गाउँपालिका उपाध्यक्ष पम्फाकुमारी शाही लगाएतका दर्जनौं जनप्रतिनिधि सनाखत गर्ने भएका छन् ।

सूर्य चिन्ह देखि चुनाव जितेर एकीकृत समाजवादीमा सनाखत गर्न चाहेपनि गलत काम गर्दै  जनताबाट गिरेका जनप्रतिनिधिहरुलाई एकीकृत समाजवादीमा सनाखत गर्न नदिइने नेता गाउँलेको भनाइ छ ।एकीकृत समाजवादी कालिकोटको केही दिन अघि सम्पन्न जिल्ला भेलाले सनाखत प्रक्रियाका लागि नेता गाउँले संयोजक र कमलबहादुर शाही, चन्द्रबहादुर शाही,कृष्णकला पाण्डे,भूपेन्द्र वम,दन्त वम लगाएतका सदस्य रहेको कार्यदल गठन गरेको थियोे ।     

  

तपाईको प्रतिक्रिया