पत्रकार सम्मेलन मार्फत आफु बलात्कृत नभएको पिडित महिलाको भनाइ

सुर्खेत । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीद्वारा बलात्कृत भए भनिएकि पिडित महिलाले आज पत्रकार सम्मेलन मार्फत आफ्नो धारणा व्यक्त गरेकि छन्।पत्रकार सम्मेलनमा आफू बलात्कृत नभएको बताउनु भएको छ ।

पिडित महिलाले आफू यो घटनाले निकै दु:खी भएको बताउँदै आफु बलात्कृत नभएको र मिडियाले जबर्जस्ती बलात्कृत गर्ने खोजेको आरोप समेत लगाउनु भएको छ। मिडियामा आएको समाचारहरुले आफ्नो चरित्र हत्या भएको पिडितको आरोप छ । मिडियामा आएको कुराले धेरै पटक आत्महत्या गर्न खोजेको पिडितका श्रीमान् अम्मराज सेजुवाल (आयुस)ले बताए। मिडियामा आएको भिडियो इडिटिङ्ग गरेर मन्त्री कुर्मराज शाही र मेरो श्रीमतीको चरित्र हत्या गर्न खोजेको समेत बताए । पूर्णरुपमा सम्पादन गरेर बाहिर ल्याइएको सेजुवालले जिकिर गर्नुभयो ।

तपाईको प्रतिक्रिया