सुर्खेत । आफ्नै पूर्व स्वकीयकी श्रीमतीलाई बलात्कार गरेको आरोप लागेका कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था तथा सहकारीमन्त्री कुर्मराज शाहीलाई पदबाट हटाउन माग गर्दै नेकपा एमाले भातृ संगठन युवासंघ नेपाल र अनेरास्ववियुले आइतबार मुख्यमन्त्री कार्यालय घेराउ गरेका छन् ।
युवासंघ नेपाल र अनेरास्ववियुले मन्त्री शाहीलाई पदबाट हटाउन माग गर्दै आइतबार कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय घेराउ गरेका हुन् ।
गत वैशाखमा सत्ता साझेदार नेकपा एमालेले माओवादीलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाही अल्पमतमा परेका थिए । मन्त्री शाहीलगायत नेकपा एमालेका तत्कालीन चार सांसदले ‘फ्लोर क्रस’ गरी मुख्यमन्त्री महेन्द्रबहादुरलाई विश्वासको मत दिएपछि उनको सत्ता जोगिएको थियो ।
‘फ्लोर क्रस’ पछि मन्त्री भएका शाहीले आफू सांसद हुँदा आफ्नै स्वकीय सचिवकी श्रीमतीलाई उनकै कोठामा यौन दुव्र्यहार गरेको भिडियो सार्वजनिक भएपछि विवादमा तानिएका हुन् ।
बलात्कार आरोपी मन्त्री बर्खास्तीको माग गर्दै भएको प्रदर्शनमा एमालेनिकट सयौं युवा तथा विद्यार्थीको सहभागिता रहेको थियो ।यो समाचार खुला नेपाल डटक बाट
दियो खबर । १३ भाद्र २०७८, आईतवार १९:०५