दियो खबर संवाददाता कालिकोट । सुदुरपश्चिम प्रदेश बझाङ जिल्ला को मष्टो गाउँपालिका –२ कि १२ बर्षिया बालिका सम्झना कामिलाई बलात्कार गरी हत्या गर्ने हत्यारालाइ फासिको माग गदै कालिकोटमा विरोद्ध प्रर्दशन गरिएको छ ।लिंगाशैनि युथकलवका अध्यक्ष हिक्मतजंग मल्लको नेतृत्वमा युवाहरुले हातहातमा सम्झनाको फोटो र प्यालेकाड बोकेर हत्यारालाई फासी दे, भन्दै सदरमुकाम मान्म बजारमा विरोध प्रर्दशन गरेका हुन ।विरोध प्रर्दशन पछी मान्मको प्रतिमाचोकमा कोणसभा गरी नेता मल्लले बालिका सम्झनाका हत्यारालाई तत्काल अनुसन्धान गरी फासिको सजाय हुनु पर्ने बताए । उनले भने, “ १४ वर्षीय बालिका निर्मला पन्तको हत्यारा पत्ता अझै नलागेको अवस्थामा , फेरी बझाङमा १२ वर्षिया बालिकालाई बलात्कार गरी हत्या गरीनु सरकारकै कमजोरी भएको बताए । निर्मला पन्तका हत्यारा पत्ता लागाएको भए, सम्झनाको हत्या नहुने बताए । उनले भने, सम्झनाको हत्यागर्ने हत्यारालाई उन्मुक्ती दिएक फेरीपनी सडकमा आगो बाल्ने चेतावनी दिए ।
प्रहरिका अनुसार, सम्झनाको शरीर भरी निलडाम र टाउकोमा चोट रहेको बताइएको छ । बझाङका प्रहरी प्रमुखका अनुसार सम्झनाको सव पोष्माडमका लागि जिल्ला अस्पताल लगिएको छ । विस्तृतमा रिर्पोट आउन बाँकि छ ।अनलाइन न्युज खबर बाट साभार गरिएको हो यो समाचार
दियो खबर । १० आश्विन २०७७, शनिबार १४:१७