सुर्खेत /खाँडाचक्र नगरपालिका प्रमुख जसि प्रसाद पाण्डेले विकास निर्माणमा कोही कसैले राजनिति गर्न नहुने भन्दै सबैको सामुहिक साथ र सहयोगबाट मात्र उपलब्धी हासिल गर्न सकिने बताएका छन् ।शनिबार सुर्खेतमा दियो खबर संग कुरा गर्दै खाँडाचक्र नगरपालिका क्षेत्र भित्रका बाटोघाटो निर्माण,प्रत्येक वडामा सडक संजाल जोडिएको,प्रत्येक वडामा एक घर एक धारा बन्दै,शुद्ध पिउने पानी,सिंचाईका साथै शिक्षा,प्रत्येक वडामा आधारभूत स्वास्थ्य इकाई,एक वडा एक प्राविधिक कृषि र खाँडाचक्र भित्रका महत्त्वपूर्ण पर्यटकीय क्षेत्र चुलिमालिका,कोटदरबार,पंचदेवल,युद्ध पर्यटकीय क्षेत्रमा उल्लेख्य कामहरू भईरहेको बताए ।सुन्दर प्रकृति रहेको भन्दै उनले सोही बमोजिम यस क्षेत्रको बिकास गर्नु पर्नेमा जोड दिने बताए ।
‘खाँडाचक्र नगरपालिकामा जनप्रतिनिधीको रूपमा आए संगै आत्मनिर्भर र योजनाबद्ध विकासको लागी दृढताका साथ लागिपरेको छु’,उनले भने,‘यही दृढ इच्छा शक्तिका कारण खाँडाचक्र नगरपालिका एक हेर्न लायकको सहर बनिरहेको छ ।’ उनले विकासमा कोही कसैले राजनिति गर्न नहुने भन्दै सबैको सामुहिक साथ र सहयोगबाट मात्र उपलब्धी हासिल गर्न सकिने उल्लेख गरे ।
विकासमा राजनीति नगराैं- नगर-प्रमुख पाण्डे
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । १२ भाद्र २०७८, शनिबार १३:४७