काँग्रेस युवा नेता शाहीद्धारा कालिकोट अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

कालिकोट/नेपाली काँग्रेसका प्रभावशाही युवा नेता भुपेन्द्रजंग शाहीले जिल्ला अस्पताल कालिकोटलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । नेपाल तरुण दलका केन्द्रीय महासचिव समेत रहेका काँग्रेस युवा नेता शाहीले जिल्ला अस्पताललाई बिभिन्न स्वास्थ्य सामग्रीहरु सहयोग गरेका हुन् ।
केही महिना अगाडी काठ्माण्डौ हुदा हृदयघात भएका कारण लामो समय अस्पतालको बास र आफ्नो गृह जिल्ला आउन नपाएका नेता शाहीले कर्णाली प्रदेशका दश वटै जिल्लामा स्वास्थ्य सामग्री बितरण गर्ने कार्यक्रम अनुसार जिल्ला अस्पताल कालिकोटलाई पनि स्वास्थ्य सामग्री हस्तान्त्रण गरेका हुन् । जिल्ला अस्पताललाई अक्सीजन कन्सटेटर मेसिन १० लिटरको एक थान, कोभिट किट ५० पिस, पिपिई सेट ५० पिस, गाउन ५० पिस, फेस प्याक ५० पिस, सेनिटाईजर २५ लिटर, फेस चस्मा १० पिस, पन्जा सय पिस, सर्जिकल हेड क्याप सय पिस लयातको स्वास्थ्य सामग्रीहरु सहयोग गरिएको छ ।
उनले लामोे समय बिरामीका कारण जिल्ला बाहिर बस्नु परेको बताउदै कोरोनाको महामारीका बीच कालिकोटका आम नागरिकहरुलाई उपचार गर्न सहज होस भन्ने उद्देश्यले जिल्ला अस्पताललाई व्यक्तिगत रुपमा स्वास्थ्य सामग्री सहयोग गरेको बताए । उनले भने, मलाई काठ्माण्डौमा गम्भीर हृदयघात हुँदा बाचेर जिल्ला फर्किन्छु भन्ने लागेको थिएन् । कालिकोटका साथै दैशैभरीका मेरा शुभचिन्तक, आफन्तजन सबैको सुबेक्षाले म बाँच्न सफल भए । झण्डै तीन महिना अस्पतालमा बसे । तीन महिना कोठाभित्रै जनताको सम्पर्क भन्दा बाहिर बस्नुपर्ने अवस्था आयो । अहिले मलाई सहज हुँदै गएको छ ।
उनले थपे, कर्णालीमा नागरिकको स्वास्थ्य उपचारका लागि श्रोत साधनको अभाव छ । सरकारलाई नागरिकको स्वास्थ्य माथि गम्भीर बन्नका लागि दबाद दिन व्यक्तिगत रुपमा कर्णालीका दश वटै जिल्लामा स्वास्थ्य सामग्रीहरु बितरण गर्ने योजना बनाएको हो । उनले थपे, कोरोनाको महामारीको समयमा नागरिकको जीवन रक्षाका लागि अग्रपंतिमा खटिने स्वास्थ्यकर्मीहरुलाई पनि हौसला प्रदान गर्न पनि यो सहयोग गरिएको हो । काँग्रेस नेता शाहीले जिल्ला अस्पताललाई सुविधा सम्पन्न अस्पताल बनाउन थप पहल गर्ने बताए । उनले जिल्ला अस्पतालको टिमसँग भने,तपाईहरु र हामीहरु बसेर छलफल गरौँ । कालिकोटको अस्पतालाई सबै किसिमका सुविधाहरु भएको अस्पताल कसरी बनाउन सकिन्छ । यहाँका नागरिकहरुलाई उपचारका लागि कालिकोटमै सबै सुविधा कसरी प्रदान गर्न सकिन्छ । म संघिय सरकारसँग आबश्यक पहल गर्छु । तत्कालिन स्वास्थ्य मन्त्री गगन थापा हुँदा कांग्रेस नेता भुपेन्द्रजंग शाहीको बिषेश पहलमा जिल्ला अस्पताललाई ५० शैयाको बनाउन भौतिक संरचना निर्माणका लागि आबश्यक बजेटको व्यवस्था भएको थियो । उक्त भवन निर्माणाधिन अवस्थामा छ ।
स्वास्थ्य सेवा कार्यालय कालिकोटका प्रमूख डा.रत्नबिर सुनारले कांग्रेस नेता भुपेन्द्रजंग शाहीले जिल्ला अस्पताललाई निकै आबश्यक मेसिन सहितका स्वास्थ्य सामग्रीहरु सहयोग गरेकोमा धन्यबाद दिए । उनले यो कोरोनाको महामारीको रोकथामका लागि सबै राजनीतिक दल, नागरिक समाज र जनताहरुको साथ र सहयोगले मात्र नियन्त्रण गर्न सकिने बताए । उनले भने, यो सहयोग हाम्रा लागि निकै ठुलो हो । जिल्ला अस्पतालमा नागरिकका उपचारका लागि धेरै श्रोत साधनको अभाव छ । यसका बीचबा पनि स्वास्थ्यकर्मीहरु नि रात नागरिकको उपचारमा खएिका छन । हामीेले प्राप्त गरेका सबै सामग्रीहरुको सदुपयोग गर्ने उनले बताए । स्वास्थ्य सामग्री सहयोग कार्यक्रममा नेपाल प्रेस युनियन कालिकोटका अध्यक्ष बिस्नप्रसाद न्यौपाने, नेबिसंघका कार्यबाहक अध्यक्ष जगतजंग बिष्ट, बिपी स्टडी युथ सर्कल कालिकोटका अध्यक्ष सन्तोषजंग मल्ल, स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटकबहादुर महत लगायतका सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया