तुलराज पाण्डे /कालिकोट जिल्ला पलाँता गाउँपालिका वडा-९ थिर्पुमा जनस्वास्थ्य सेवा केन्द्रको निर्माण गरिएको छ।
पलाँता गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको जनस्वास्थ्य सेवा केन्द्रको भवन आज उद्घाटन गरेका छन्।पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँतिकान्छाले उद्घाटन गर्दै अब विरामी भएर कसैले अकालमै ज्यान गुमाउनु पर्दैन त्यसका लागि गाउँपालिका स्वास्थ्य क्षेत्रमा कुनै पनि कमि नहुन दिनका लागि लागि रहेको बताए ।नि.प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बम,अखिल क्रान्तिकारी कालिकोट जिल्ला सचिवालय सदस्य नेता द्वय खगेन्द्र मल्ल,सुरेश प्याकुरेल,स्वास्थ्यकर्मि लगाए समुदायको उपस्थिति भएको नेता खगेन्द्र मल्लले बताए ।
जनस्वास्थ्य सेवा केन्द्रको उद्घाटन गर्दै अध्यक्ष -बम
तपाईको प्रतिक्रिया
दियो खबर । ८ श्रावण २०७८, शुक्रबार ११:४४