नि.स्वास्थ्य व्यवस्थापक महतले गरे ब्राहौं पटक रक्तदान

तुलराज पाण्डे /नि.स्वास्थ्य व्यवस्थापक कटक बहादुर महतको रगतले रास्कोट नगरपालिका वडा-५निवासी २२बर्षिया सुनिता शाहीको ज्यान बचेको छ ।

रास्कोट नगरपालिका वडा- ५ निवासी २२ बर्षिया सुनिता शाही , मान्म बजार स्थित एक मेडिकलमा २२ गते उपचार गरेपछी आठौं दिनमा रक्तस्राव भै उपचारको लागि जिल्ला अस्पताल ल्याएको र निजको भिडियो याक्स रे गर्दा बच्चाको मृत्यु भैसकेको र आमाको ज्यान खतरामा भएकोले सिजरियन सेक्सन (अप्रेसन गरेर बच्चा निकाल्ने ) गर्नुपरेको बताए। नेपाल प्रहरी ,सशस्त्र प्रहरी ,अन्य ब्यक्तिले पनि रक्तदान गरेको )
डा.रोहित,डा.बसु,अस्मिता शाही लगाएतका स्वास्थ्यकर्मीको सहभागीता रहेको थियो ।
जिल्ला अस्पताल कालिकोटमा कार्यरत महतले सेवा नै धर्म हो भन्ने उदेश्यका साथ आफुले आवश्यक परेको खण्डमा रक्तदान गर्दै आएको बताए ।

दियो खवरले सोधेको प्रश्नमा स्वास्थ्यकर्मी महतले भने मैले ब्राहौं पटक रक्तदान गरिसकेको छु । शरिरमा भएको रगत अनावश्यक खेर जानु भन्दा अरुलाई रक्तदान गर्दा धेरैको ज्यान वच्ने भएकाले सबैले रक्तदान गर्नु पर्ने समेत बताए ।

तपाईको प्रतिक्रिया