कालिकोट /जिल्लाको शुभकालिका गाउँपालिका वडा नं १ देखि ८ सम्म रहेको सम्पूर्ण विद्यालयलाई प्रविधी मैत्री बनाउनका लागि विभिन्न सामानहरु वितरण गरिएको छ । गाउँपालिकामा प्राप्त विशेष अनुदान अन्र्तगत प्रबिधिमैत्री शिक्षा योजनाबाट पालिकाका सबै बिद्यालयमा ल्याप्टप, डेस्टप, पेन्ड्राइप प्रोजेक्टर, प्रिन्टर, शनिवार गाउँपालिकाका २६ वटै बिद्यालयका प्रधानाध्यापक तथा विद्यालय सञ्चालक समिति र शिक्षहरुलाई वितरण गरिएको हो ।
अनलाई कक्षा, अनलाईन मैत्री सेवा प्रवाह तथा अतिरिक्त विद्यालयका कामकाजहरु कम्प्युटर तथा प्रिन्टरको माध्ययमबाट बनाउन र विद्यार्थीको पढाई प्रोजेक्टर माध्यमबाट संचालन गर्नका लागि २६ वटा विद्यालयलाई कम्प्युटर, प्रिन्टर लगाएतका अन्य प्रविधीहरु हस्तान्तरण गरिएको छ । शुभकालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाइले विद्यालय क्षेत्र सुधारका लागि, शिक्षामा गुणस्तर कायम गर्न तथा प्रविधी मैत्री शिक्षा पालिकाका विद्यालयलाई बनाउनका लागि सामाग्री हस्तान्तरण गरेका हुन । शिक्षा शाखा शुभकालिका गाउँपालिकाको पहलमा सामाग्री हस्तान्त्रण गरिएको शुभकालिकाका शैक्षणीक स्रोत ब्यक्ती पुष्पराज आचार्यले बताए । सामाग्री हस्तान्त्रण गदै गाउपालिका अध्यक्ष खडानन्द चौलागाइले आफुले पहिला झरो,दियालो बाली अध्ययन गरेको स्मरण गदै अहिले शिक्षा क्षेत्रमा उल्लेखनीय परिर्वतन गर्न गाउँपालिकाले नयाँ पहल चालेको बताए ।
अध्यक्ष चौलागाइले गाउँपालिकाले विकास थुप्र किसीमका विकास निर्माणका काम गदै जाँदा विद्यालयका भवन, फिल्ड लगाएत विद्यालय सुधारका काम गरेपनी अहिलेको समयमा प्रविधी मैत्री शिक्षा दिनका लागि गाउँपालिकाले पालिकाकै नमुना काम गरेको बताएका हुन । विशेष अनुदान कार्यक्रम मार्फत गाउँपालिकामा रहेका विद्यालयमा प्रविधी मैत्री सामाग्री वितरण गरेको गाउँपालिका उपाध्यक्ष पम्फा कुमारी शाहीले बताईन् ।
ग्रामिण क्षेत्रका गरिब तथा जेहेन्दार विद्यार्थीलाई गाउँमै कम्प्युटरको माध्ययमबाट पडाउन तथा ग्रामिण क्षेत्रका विद्यार्थीलाई शहरीया क्षेत्रको अनुभव दिनका लागि गाउँपालिकाले नयाँ पहल थालेको गाउँपालिका उपाध्यक्ष पम्फाकुमारी शाहीले बताइन । लिएका सामाग्रीहरुको लागि तत्काल संचालका लागि गाउँ शिक्षा शाखाले तालिमको आयोजना गरी विभिन्न सिप, ज्ञानहरु प्रदान गर्ने र सीप प्रदान पश्चात विद्यालयमा नियमित कम्प्युटर र प्रोजेक्टको माध्ययमबाट पडाई संचालन हुने शुभकालिका गाउँपालिका शिक्षा अधिकृत नमराज आचार्यले बताए ।
हकाईज प्रालि काठमाडौंले उक्त सामानहरु खरिदको जिम्मा लिएको थियो । जसमा ल्याप्टप ५८ पिस,डेस्टप कम्प्युटर २०,प्रिन्टर २५ थान,प्रोजेक्टर ५५ थान, पेन्ड्राईभ ३० थान प्राप्त भएको सुचना प्रविधी अधिकृत नारायण बहादुर शाहीले बताएका हुन । सामाग्री वितरण कार्यक्रममा शुभकालिका गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष दिपराज महतारा, वडा नं ६ का वडा अध्यक्ष कर्णबहादुर खत्री लगाएत कर्मचारीहरुको उपस्थिति रहेको थियो । सोही कार्यक्रमको आयोजनामा सम्पूर्ण विद्यालयलाई कोभिड १९ को प्रकोपबाट बच्न तथा आपतकालिन विपदबाट बच्नका लागि स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको छ । आइतबारबाट प्रत्येक घरपरिवारमा १० पाकेटका दरले आयोडिन युक्त नुन समेत वितरण गरिने बताइएको छ । यो समाचार sourya onlineबाट साभार
दियो खबर । २६ असार २०७८, शनिबार १८:१६