कालिकोट/मौलिक हकमा प्रतिवद्धता जनाइदिन विपक्षी दलका पाँच विद्यार्थी संगठनले शीर्ष नेताहरुसँग माग गरेका छन् ।
बुधबार उनीहरुले विपक्षी गठबन्धनका शीर्ष नेताहरु पुर्व प्रधानमन्त्री कांग्रेस सभापति शेर बहादुर देउवा,पुर्व प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पुर्व प्रधानमन्त्री नेकपा एमालेका वरिष्ठ नेता माधब कुमार नेपाललालाई छुट्टा-छुट्टै भेटेर ज्ञापनपत्र बुझाउँदै माग गरेका अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले दियो खबर लाई जानकारी दिए ।
ज्ञापन पत्रमा भनिएको छ,‘नेपालको संविधानको धारा ३१, ३३ र ३५ मा क्रमशः शिक्षा, रोजगारी र स्वास्थ्यको हकलाई मौलिक हकको रुपमा किटानी गरिएको छ र संविधानत: कक्षा ८ सम्मको शिक्षा निशुल्क र अनिवार्य तथा कक्षा १२ सम्मको शिक्षा नि:शुल्क हुनुपर्दछ भने स्वास्थ्य र रोजगारीको हक पूर्ण रुपमा सुनिश्चित हुनुपर्दछ । तर यो प्रावधान व्यवहारमा कार्यान्वयन हुन सकेको छैन ।’
दियो खबर । २३ असार २०७८, बुधबार १६:३५