परियोजना सकिए पनि आस मरेको छैन: नगर-प्रमुख पाण्डे

कालिकोट । नेपाली युवाहरुका लागि स्वस्थ रुपान्तरण परियोजनाको समय अबधि समाप्त भएको छ । परियोजना समापन तथा उपलब्धि आदन प्रदान कार्यक्रममा खाँडाचक्र नगरपालिकाका नगर प्रमुख जसि प्रसाद पाण्डेले परियोजना सकिएपनि आश नमरेको भन्दै फेरिका दिनमा यस्तै परियोजना लागु गर्न किर्डाक नेपालको सकरात्मक सहयोग रहने अपेक्क्षा ब्यक्त गर्नु भयाे ।

सन २०१८ मे देखि सन २०२१ जुन सम्म जिल्लाको खाँडाचक्र नगरपालिका, राष्कोट नगरपालिका र नरहरीनाथ गाउपालिकाका सवै वडाहरुमा यो परियोजना लागु गरिएको थियो । बिगत ३ बर्ष देखि नेपाली युवाहरुका लागि स्वस्थ रुपानतरण परियोजना सञ्चालन भए यता ७ सय २० जना किशोरीहरुले आफनो ब्यक्तिगत क्षमता बृद्धि र बिकास गरेको खाँडाचक्र नगरपालिकाका स्वास्थ्य संयोजक रबिन्द्र सेजुवालले बताउनु भयो ।

सेभ द चिल्डे्न र किर्डाक नेपाल कालिकोटको साझेदारीमा संचालित नेपाली युवाका लागी स्वस्थ रुपान्तरण परियोजनाले १५ देखी २४ वर्ष उमेर समुहका युवतीहरु तथा बिबाहित महिलाहरुको परिवार नियोजन, प्रजनन्, मातृ तथा नवजातशिशुहरुको स्वास्थ्यमा सुधार ल्याउने उद्धेश्यले यो कार्यक्रम संचालन गरिएको परियोजना संयोजक अमर सार्कीले बताउनु भयो ।

किर्डाक नेपालका जिल्ला संयोजक तुलाराम पाण्डेका अनुसार स्वास्थ्यकर्मीहरु र स्वास्थ्य सँस्ठाकाे क्षमता बिकासमा सहयोग गरेकाे बताउनु भयो । यसैगरि किर्डाक नेपालका अध्यक्ष रत्नलाल कुलालले परियोजनाको मूल लक्ष्य भनेकोनै १५ देखी २४ बर्ष उमेर समुहका महिला तथा युवा युवतिहरु वैवाहिक जिवनमा बाधिने र एउटा अभिभावकको रुपमा रुपान्तरण हुने जोखीमपुर्ण अवस्थामा हुने भएकाले, त्यस समयमा परियोजनाले उनीहरुको प्रजनन् स्वास्थ्य र मातृ स्वास्थ्यमा सूधार ल्याई उनीहरुको जिवनमा सम्वृद्वि ल्याएको बताउदै आगामि दिनका लागि नगरपालिकाको जिम्मामा हस्तान्तरण गरेको जनाकारि दिनु भयो ।

खाँडाचक्र नगरपालिकाका उपप्रमुख बिजया बिष्टले भन्नु भयो यो परियोजना लागु भए देखि युवा महिलाहरुमा हुने पहिलो पटकको गर्भधारण समयलाई ढिलाई गर्ने, स्वस्थ जन्मान्तर बढाउने, गर्भवतीको समयमा र वच्चा जन्मीसकेपछी आफ्नो र नवजात शिशुको हेरचाह गर्ने सम्बन्धी ज्ञान र क्षमतामा अभिवृद्धि गर्नुका साथै घर परीवारको वित्तिय व्यवस्थापन गर्नको लागि उनीहरुको सहभागीतामा समेत बृद्धि गरेको प्रति आफु खुशि भएकाे बताउनु भयो ।

समापन कार्यक्रमका अध्यक्ष तथा खाँडाचक्र नगरपालिकाका नगर प्रमुख जसि प्रसाद पाण्डेले नगरपालिकाले एक्लै कार्यक्रम संञ्चालन गर्दा प्रभावकारी नहुने सँस्थाहरु सँग साझेदारी गरि कार्यक्रम सञ्चालन गरे प्रभावकारी हुने भएकाले पनि फेरीका दिनमा नगरले गैह् सरकारी सस्थाहरु सँगको सहकार्य बढाउदै जाने स्पष्ट पार्नु भयो ।

यस परियोजनाले बिबाहित महिलाहरुको परिवार र समुदायका सदस्यहरुलाई लैङ्गिक समता सम्बन्धि मुल्य मान्यतामा सकारात्मक धारणाको बृद्धि गरेको, परिवार नियोजन, प्रजनन् स्वास्थ्य,मातृ स्वास्थ्य र नवजात शिशु स्वास्थ्य सेवाको उपयोग तथा हेरचाह गर्न परिवार र समुदायका सदस्यहरुको सहयोग गर्ने व्यवहारमा बृद्धि गरेकोमा खाँडाचक्र नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खडक प्रसाद उपाध्यले धन्यबाद समेत दिनु भयो ।

खाँडाचक्र नगर प्रमुख जसि प्रसाद पाण्डेको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा नगर उपप्रमुख बिजया बिष्ट, किर्डाक नेपालका अध्यक्ष रनलाल कुलाल, कार्यकारी निर्देशक गोविन्द बहादुर शाही, प्रमुख प्रशासकिय अधिकृत खड्क प्रसाद उपाध्याय, किडार्क नेपालका जिल्ला संयोजक तुलाराम पाण्डे, स्वास्थ्य संयोजक रविन्द्र बहादुर सेजुवाल, नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज बिष्ट, परियोजना संयोजक अमर सार्की, सहयात्रा परियोजनाका बालसंरक्षण संयोजक प्रकास शाही लगाएतका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

नेपाली युवाहरुका लागि स्वस्थ रुपान्तरण परियोजना मार्फत खाँडाचक्र नगरपालिकामा ९७ लाख १३ हजार ८ सय ४७ रुपियाँ, नरहरीनाथ गाउपालिकामा २ करोड ४२ लाख ४८ हजार ६ सय १७ रुपियाँ, राष्कोट नगरपालिकामा १ करोड ४५ लाख ७० हजार ७ सय ७० रुपियाँ किशोर किशोरीहरुको बृद्धि र बिकासमा खर्च भएको बताइएको छ ।

सेभ द चिल्ड्रेनको आर्थिक सहयोग किडार्क नेपाल द्धारा सञ्चालित नेपाली युवाहरुको स्वस्थ रुपान्तरण परियोजनामा ३० जना सहजकर्ता, १० जना सामाजिक परिचालक, सेभ चिल्ड्रेनबाट १ जना परियोजना संयोजक, किर्डाक नेपाल बाट १ जना परियोजना संयोजक, मिल अधिकृत, लेखापाल र कार्यालय सहयोगिको इमान्दारिता र तत्परता प्रति सवै सरोकारवालाहरुले प्रशंसा गर्दै धन्यबाद समेत दिएका छन् ।

परियोजना मार्फत खाँडाचक्र नगरपालिकामा २ वटा, जिल्ला स्वास्थ्य सेवा कार्यालयमा, राष्कोट नगरपालिकामा ३ वटा र नरहरिनाथ गाउपालिकामा ५ वटा स्वास्थ्य सँस्थामा बर्थिगं सेन्टरका लागि आबश्यक सामाग्रि तथा किशोर किशोरीमैत्रि सेवा उपलब्ध गराउनुका साथै ३ वटा पालिका भरिका ४७ जनालाई ASRH, IMPLANT, CoFP, IUCD, CBIMNCI, SBA,DHIS, लगाएतका तालिमहरु दिएको HTNYP परियोजना संयोजक अमर सार्कीेले बताउनु भयो ।यो समाचार अप्रेसन खबर बाट

तपाईको प्रतिक्रिया