बागबानी पढ्न आउने बिद्यार्थी निलहुदै-महेन्द्र रत्न क्याम्पसमा

किशोर आचार्य।
महेन्द्र रत्न बहुमूखी क्याम्पस नेपालको एक मात्र क्याम्पस हो, जसमा स्नातक ४ वर्षे,८ सेमेस्टारको BSc. Horticulture (बागबानी) बिषय अध्यन अध्यापन गराउदै आएको कुरा सबैमा बिदितै छ। यस क्याम्पसको स्थापना बिसं २०१७ मा भएपनि प्राबिधिक धारको बागबानि बिषयको स्थापना भने बिसं २०६९ सालमा भएको हो। पहिलो ब्याज देखी पाचौं ब्याजसम्म यसले प्रत्यक सेमेष्टारमा ३० जना बिद्यार्थी पढाउदै आएको थियो। छैटौ ब्याजदेखी यसले आफ्नो दायरा बढाउदै ५० जना पढाउन थाल्यो। सातौ,आठौ र नवौ ब्याजसम्म आइपुग्दा क्रमसस् २२, ८ र शुन्यमा झर्यो। यसरि प्रत्यक शैक्षिक शत्रमा बिद्यार्थी सङख्या ओरालो लाग्दै निल हुनुमा मैले देखेका कारण देहायबमोजिम रहेका छन।
१ क्याम्पस प्रशासनको चरम लार्पबाहि
क्याम्पस प्रशासनको बिद्यार्थी सङख्या बढाउने कुनै किसिमको कार्ययोजना नहुनु, बिश्वबिद्यालय संग समन्वनयमा कमी आउनु, बिद्यार्थी संघ संगठनका सुझाबलाई वेवास्था गर्नु, कृषि र पशु बिज्ञान अध्यन संथान (IAAS) ले लिने entrance exam मा हाम्रो क्याम्पस भुमिका बिहीन बन्नु,
२ प्रचारप्रसारको कमि अहिलेसम्म क्याम्पसको तर्फबाट क्याम्पसको कुनै किसिमको प्रचारप्रसार भएको देखिदैन। क्याम्पसको प्रचारप्रसार गर्ने बिधामा वर्षेनि बजेट छुटाएको भेटिन्छ तर पनि प्रचारप्रसारको कुनै प्रयास भएको पाइदैन। कलेजको प्रचारप्रसार गर्न प्रवेश परिक्षाको तयारि गराइरहेका इन्सिचियुट संग समन्वयन गरेर अगाडि बढयौ, प्रवेश परिक्षाको दिन प्रचारप्रसार गर्न र्कितिपुर जाउ, जसले गर्दा बिद्यार्थीसग प्रत्यक्ष जोडिन सकिन्छ भन्ने सुझाबलाइ बेवास्था गर्नु, इलाममै पनि +2 science पढाइ हुने कलेजमा BSc.Horticulture पढाइ हुन्छ भन्ने कुराको प्रचारप्रसार हुन नसक्नु आदि।
३ लोकसेवा र माष्टरमा अन्यौलता Credit hour पुगेका ५ वटा बिषय क्रमसः बागबानि (horticulture),कृषि प्रसार (Agricultural extension),बालि बिज्ञान (Agronomy), माटो बिज्ञान (soil science) र बालि संरक्षण (plant protection) बिषयमा लोकसेवा दिन पाउनुपर्नेमा हालसम्म एउटा बिषय बागबानि (horticulture) मा मात्र दिन पाइरहेको स्थिति छ। Msc. Ag को लागि त्रिभुवन बिश्वबिद्यालय (TU-IAAS) मा सबै बिषयमा पढन पाउने भएतापनि कृषि र बन बिज्ञान बिश्वबिद्यालय (AFU) मा MSc.ag in Horticulture बाहेकका बिषयमा पढन नपाइने स्थिति छ। तसर्थ क्याम्पसले लोकसेवा र माष्टरमा नितिगत समस्या समाधान गर्न नसक्नु नै बिद्यार्थी सङख्यामा ह्रस आउनुको मुख्य कारक तत्व हो ।
४ कृषि क्याम्पसहरु च्याउ उम्रे जसरि उम्रनु कृषिमा शैक्षिक ब्यापारिकरण दिनानुदिन बढदो क्रममा छ। नेपालमा हाल बिभिन्न बिश्वबिद्यालयबाट सम्बन्धन प्राप्त कृषिमा स्नातकसम्मको अध्यन अध्यापन गराउने कलेज करीब २८ भन्दा बढि छन। कृषि क्याम्पसहरु च्याउ उम्रे जसरि उम्रिएपनि अहिलेको यो कोरोनाको बिषम परिस्थितिमा बिद्याथीहरु बाहिरी मुलुकमा गएर पढने स्थिति थिएन त्यसैले मरब क्याम्पसले बिद्यार्थी तान्न सजिलो थियो तैपनि सकेन र क्याम्पस निल भयो।
यो कुरा सुन्दा भएको छोरालाइ मारेर अर्को छोरो जन्माउन खोज्नु जस्तो भएको छ।
५ भौगोलिक दुरी,६ सरोकारवाला निकायको ध्यान नपुग्नु,७ IAAS/AFUको प्रतिस्र्पधाको चपेटामा मरब क्याम्पस पर्नु,८ प्राविधिक र अप्रबिधिक बिषयलाइ एकै नजरमा हेरिनु,९ महेन्द्ररत्न क्याम्पसले बिद्यार्थी संघठनलाई कर्तब्यबिहिन

तपाईको प्रतिक्रिया