पूर्वप्रधानमन्त्री खनाल बिरामी, नर्भिक अस्पताल भर्ना

काठमाडौं ।नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ।
खनाललाई आज काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो।
ज्वरो आएको र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि खनाललाई अस्पताल लगिएको उनको सचिवालयले जानकारी दिएको छ।
खनाललाई यसअघि कोरोना भएको थियो। कोरोनामुक्त भएपछि अस्पतालबाट घर फर्केर खनाल आराम गरिरहेका थिए।
उनलाई पुन: स्वास्थ्यमा समस्या देखिएको छ।निजी सचिवालय जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया